रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)का रामसहाय प्रसाद यादव विजयी भएका छन् । शुक्रबार उपराष्ट्रपति चयनका लागि भएको मतदानमा यादव निर्वाचित भएका हुन् ।
नेपाल जिम्बावेमा हुने विश्वकप एक दिवसीय छनोट क्रिकेटमा छानिएको छ । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखला अन्तर्गत अन्तिम खेलमा कीर्तिपुर मैदानमा डक वर्थ लेविस नियमअनुसार ९ रनले पराजित गर्दै नेपाल शीर्ष तीनमा रहँदै सिधै विश्वकप छनोट खेल्न पाएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेका मन्त्रीहरू फेरिन सक्ने तर सरकार नफेरिने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतका कार्यालयहरूको दोस्रो चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले मन्त्रीहरू फेरिन सक्ने तर सरकार नफेरिने बताएका हुन्।
वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले बुधबारदेखि लागू हुने गरी ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले चैतमा कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरेको थियो । बैंक तथा वित्तीय संस्थाले सूचनामार्फत सो कुराको जानकारी दिएका हुन् ।
निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबारदेखि शीतल निवास छाडेकी छन् । भण्डारीले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई शितलनिवासको साँचो र कुर्सी हस्तान्तरण गरेसँगै विदा भएकी हुन् । उनको कार्यकाल सकिएपछि सोमबारबाट पौडेलले नेपालको राष्ट्रपतिको रुपमा कार्यभार सम्हालेका छन् ।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय, शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका हुन् । उनी यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए । उनले एमालेका उपाध्यक्ष सुवास नेम्वाङलाई दोब्बर बढी मतभारले पराजित गरेका थिए ।""
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको राजीनामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वीकृत गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार साँझ विज्ञप्ति जारी गर्दै सभापति देउवाले उनको राजीनामा स्वीकृत गरेका हुन् ।
उपराष्ट्रपति पदका लागि ४ जना उम्मेदवारबीच प्रतिष्पर्धा हुने भएको छ । आइतबार निर्वाचन आयोगले दिएको समयावधिसम्म उम्मेदवार दिएका कोही पनि उम्मेदवारहरुले नाम फिर्ता नलिएपछि ४ जनाकै उम्मेदवारी कायम रहेको हो ।