रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम धमाधम आइरहेको छ । सत्तारुढ गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेस पहिलो स्थानमा छ भने नेकपा एमाले दोस्रो अवस्थामा छन । प्राप्त मत परिणामका आधारमा भावी सरकारको विषयमा सामान्य बहस आरम्भ भएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोग अनुसार शुक्रबार बिहान १० बजेसम्मको मतगणना परिणामअनुसार प्रतिनिधिसभातर्फको समानुपातिकमा एमाले शीर्षस्थानमा छ ।
पश्चिम रुकुमबाट नेकपा माओवादी केन्द्रका नेता तथा अथर्मन्त्री जनार्दन शर्मा प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले नेकपा एमालेका नन्दराम देवकोटालाई भारी मतान्तरले हराएर चुनाव जितेका हुन् ।"
प्रतिनिधि सभाका तर्फ १६५ निर्वाचन क्षेत्रमध्ये ११४ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । मतदान सम्पन्न भएको पाँच दिन पछि शुक्रवार बिहानसम्ममा ५१ क्षेत्रको मतगणना अझै जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
आम निर्वाचन २०७९ मा खटिएका म्यादी प्रहरीलाई बिहिबार बिदाई गरिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सुरक्षार्थ खटिएका १ लाख १५ हजार म्यादी प्रहरीलाई विदाइ गरिएको हो ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब मुलुकमा मिलीजुली सरकार निर्माण गर्नुपर्ने अवस्था आएको बताएका छन् । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ओलीले झापाको दमकस्थित निर्वाचन आयोगमा प्रमाणपत्र ग्रहण गर्दै सो धारणा राखेका हुन् ।
परिवर्तनको चर्को नारा दिएर बैकल्पिक राजनीतिक शक्ति बन्ने होडमा आएका केही युवाहरु यस पटकको निर्वाचनमा कमजोर सावित भएका छन् । दोस्रो संविधानसभा पछि उज्ज्वल थापाको नेतृत्वमा संगठित भएकाहरु अन्ततः छिन्नभिन्नको अवस्थामा पुगे र यस पटकको प्रतिनिधि सभा निर्वाचनमा पत्तासापको अवस्थामा पुगेका छन् ।
विशेष चासोका रुपमा हेरिएको चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका रवी लामिछाने विजयी भएका छन्। लामिछानेले ४९ हजार २६१ मत ल्याउँदै विजयी भएका हुन्।