रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
संभवत राष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीमण्डललाई पूर्णता दिने तयारी गरिरहेका छन् । राष्ट्रपतीको निर्वाचनका लागि आठ दलीय गठबन्धनको समीकरण बनेपछि राजनीतिले नयाँ मोड लिएको थियो । अब गठबन्धनमा रहेका सबै दल सरकारमा सहभागी हुन्छन् या हुँदैनन् भन्ने विषय अझै अन्योलमा छ । तर प्रमुख दल नेपाली कांग्रेस भने सरकारमा सहभागी हुने लगभग निश्चित छ ।
आईसीसी विश्वकप लिग टू अन्तर्गतको जारी त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्यु गिनि(पीएनजी)लाई पराजित गरेको छ । नेपालका लागि ओपनर आसिफ शेख तथा सन्दीप लामिछानेले कीर्तिमानी साझेदारी गरेपछि पीएनजी ३ विकेटले पराजित भएको हो । पपुवा न्यूगिनीले दिएको १८० रनको लक्ष्य नेपालले अन्तिम २ ओभर बाँकी छँदा ७ विकेट गुमाएर पुर्याएको थियो ।
फागुन १ गते झापामा आयोजना गरेको एक सार्वजनिक कार्यक्रममा व्यवसायी दुर्गा प्रसाईं खुलेआम लघुवित्त र बैंकका कर्मचारीलाई कालो मोसो दल्न भनी दिएको अभिव्यक्तिका कारण ब्यांक तथा वित्तीय संस्थामा तरंग पैदा भएको छ । उनले कालो मोसो दलेपछि प्रहरीले पाँच दिन हिरासतमा राखेर छोड्ने भएकाले यो अभियानमा लाग्न प्रसाइँले सर्वसाधारणलाई उक्साएको भन्दै ब्यांक तथा वित्तीय संस्था सम्बद्ध व्यक्तिहरुले आपत्ति समेत जनाएका छन् ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति पदका उम्मेदवार पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल लोकतन्त्रका लागि ठूलो त्याग र सङ्घर्ष गरेका नेता भएको उल्लेख गर्दै उनलाई विजयी बनाउन सबैलाई आह्वान गरेका छन् । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।
नेपाली यू–१९ क्रिकेट टिम विश्वकपमा पुगेको छ । आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको अन्तिम खेलमा यूएईलाई पराजित गरी नेपाल विश्वकपमा पुगेको हो ।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि प्रतिनिधि सभामा विश्वासको मत लिने बताएका छन् ।
प्रदेश १ को नाम ‘कोशी प्रदेश’ वा ‘किराँत लिम्बुवान सगरमाथा प्रदेश’ राख्ने विषयमा सांसदहरु छिन्नभिन्न मात्र भएनन भावुक समेत हुन पुगेका छन् । सडकमा प्रदर्शन समेत भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई थप आठ वटा मन्त्रालयको जिम्मेवारी तोकिएको छ । सोमबार एमालेबाट मन्त्री भएकाहरूले राजीनामा दिएपछि उनीहरुले आठ वटा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले पाएका हुन् ।