रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
आठ दलीय गठबन्धनको बैठकले आसन्न राष्ट्रपति पदको निर्वाचनबारे छलफल गरेको छ । नेपाली कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको बैठकमा निर्वाचनको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको हो ।
सर्वोच्च अदालतमा प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्धको रिट मंगलबार दर्ता भएको छ । गत शुक्रबार सर्वोच्च अदालतले रिट निवेदन दर्ता गर्न आदेश दिएपछि अदालतले मंगलबार द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री दाहालविरुद्धको रिट निवेदन दर्ता गरेको हो । उक्त रिट निवेदनमाथि सुनुवाईको लागि बिहीबारका लागि पेशी तोकिएको छ ।
गत मंसिर ४ गते सम्पन्न निर्वाचनपछि गठन भएको संघीय संसद प्रतिनिधिसभा विजनेशविहीन बन्न पुगेको छ । नवनिर्वाचित सांसदहरु प्रतिनिधिसभामा प्रवेश गरेको तीन महिना भएपनि यो अवधिमा जम्मा दुई विधेयक मात्र दर्ता भएका छन् ।
यूएईमा सम्पन्न आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट श्रृंखलाको अन्तिम खेलमा आयोजक यूएईमाथि सनसनीपूर्ण शानदार जित हासिल गर्दैै नेपालले विश्वकप छनोटमा सिधै छानिने सम्भावना कायमै राखेको छ ।
वि.स.२०५१ सालपछि जनयुद्ध शुरु गर्दाका सहयात्री नेता यतिबेला छिन्नभिन्नको अवस्थामा छन् । तत्कालीन माओवादीको नेतृत्व अहिलेपनि पुष्पकमल दाहाल प्रचण्डले नै गरिरहेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार आयोजित एक कार्यक्रममा उनले आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभाको आइतबार आह्वान गरेको बैठकमा मुख्यमन्त्री शाहले दुई तिहाइ प्रदेश सभा सदस्यहरुको विश्वासको मत प्राप्त गरेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादीहरुलाई हत्यारा र अपराधी भनेको भन्दै आपत्ति जनाएका छन् । आइतबार काठमाडौंमा सहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले आयोजना गरेको विशेष अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनयुद्धलाई अपराधीकरण गर्न खोजेमा इतिहास दोहोर्याउने उनले चेतावनी दिएका हुन् ।