रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
सरकारले राष्ट्रिय सतर्कता केन्द्र सञ्चालन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । वैशाख ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
तीन क्षेत्रमा हुन लागिरहेको उप निर्वाचन सम्मुखमा रहँदा प्रतिस्पर्धामा रहेका दलहरु चटारोमा छन् । मतदाता पकाउन उम्मेदवारहरु दौडधुपमा छन् । वैशाख १० गते हुन गइरहेको प्रतिनिधि सभाको उपनिर्वाचन अन्तर्गत बारा, चितवन र तनहुँमा चुनाव प्रचारप्रसारको अन्तिम दिन मुख्य प्रतिस्पर्धी दलहरुले शक्ति प्रदर्शन गरेका छन्। बिहीबार मध्यरातदेखि चुनाव प्रचारको क्रम रोकिने हुनाले सबै दलले चुनावी सभा गरेर मतदातालाई आफ्नो जित निश्चित रहेको देखाउन शक्ति प्रदर्शन गरेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको उपनिर्वाचनमा सत्ता गठबन्धनबाट कांग्रेसको तर्फबाट उम्मेद्वार रहेका गोबिन्द भट्टराईलाई जिताएर पठाए आफूले मन्त्री बनाउने बताएका छन्। चुनावी सभालाई सम्बोधन गर्न बुधबार तनहुँ पुगेका प्रधानमन्त्री प्रचण्डले गोबिन्द भट्टराईलाई जिताएर पठाए आफूले मन्त्री बनाउने बताएका हुन्।
टु ह्विलर भेहिकल होण्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले नयाँ वर्ष २०८० को अवसर पारेर ग्राहकका लागि ‘होण्डा चुज योर स्किम’ योजना सार्वजनिक गरेको छ ।
मिटरब्याजी विरुद्धको संघर्षका क्रममा प्रहरीले अमानवीय र दमनको व्यवहार देखाएको भन्दै पीडितहरुले आपत्ति जनाएका छन् । सोमबार प्रहरीले ढुङ्गा प्रहार गरेको एक पीडितले बताएका छन् । पीडित घाइतेहरुलगायत सम्पूर्ण मिटरब्याज पीडितको उपस्थितिमा पत्रकार सम्मेलन भएको थियो ।
सरकारले राष्ट्रिय परिचय–पत्र व्यवस्थापन सूचना प्रणालीमार्फत सुरक्षित तवरले नागरिकको विवरण प्रमाणीकरण एवं अन्तरप्रणाली आबद्धतासम्बन्धी कार्यविधि खारेज गर्ने भएको छ ।
नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले छिमेकी मुलुकसँग घनिष्ठ सम्बन्ध बनाउँदै लैजाने बताएका छन् । मन्त्रालयमा आइतबार पदभार सम्हाल्दै उनले नेपाल शान्तिपूर्ण मुलुक रहेको र विश्वका सबै देशसँग इतिहासदेखि नै सौहार्द्र र शान्तिपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गरे ।
चीनको हेनान प्रान्तमा मार्च २८ देखि ३१ सम्म बोआओ फोरमको सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रमलाई रद्द गरेर बसेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको तयारी थालेका छन् । नेपालस्थित चिनियाँ दूतावासले फागुन ८ गते प्रधानमन्त्रीलाई पत्र पठाई बोआओ फोरममा सहभागी हुन औपचारिक निमन्त्रणा गरेको भए पनि प्रधानमन्त्रीले सो भ्रमण रद्द गरेर भारत भ्रमण गर्ने इच्छा जाहेर गरेका थिए ।