रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी बूढानीलकण्ठ पासीकोटको एक घरबाट पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रायमाझीलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो । आइतबार साँझ उनलाई बूढानीलकण्ठको पासीकोटबाट नियन्त्रणमा लिइएको गृह मन्त्रालयले जनाएको छ ।
नेकपा एमालेले २०८४ को चुनावमा पहिलो शक्ति बन्ने गरी भावी योजना तथा पार्टी परिचालनका कार्यक्रम ल्याउने भएको छ । शुक्रबारदेखि जारी केन्द्रीय कमिटी बैठकमा उक्त योजना सार्वजनिक भएको हो । उक्त बारे जानकारी दिँदै प्रचार विभाग उपप्रमुख विष्णु रिजालले ८ वटा समूहले दिने सुझावका आधारमा त्यस्ता कार्यक्रम सार्वजनिक भएको हो ।
। भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन भएको छ । काठमाडौंको नक्सालस्थित नारायणचौरमा उपस्थित भएका सयौं प्रदर्शनकारीले भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन । भ्रष्टाचारीलाई कारबाही गर, सामूहिक भ्रष्टाचार राज्य विरुद्धको अपराध हो जस्ता प्लेकार्ड बोकेर प्रदर्शनकारीरु जम्मा भएका थिए ।""
नक्कली शरणार्थी प्रकरणमा सबैभन्दा खुशी उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी आइजीपी वसन्त बहादुर कुँवर छन् । किनकी उनीहरुकै हिम्मतले उक्त प्रकरणका हाइप्रोफाइल हिरासतमा पुगेका छन् । जसका कारण मुलुकको गृह प्रशासनको तारिफ भइरहेको छ । अन्तर्राष्ट्रिय समुदायमा समेत चर्चा हुने गरी नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले निकै प्रशंसनीय काम गरेको छ ।"
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो भ्रष्टाचार काण्डलाई लिएर केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राखेका छन् । विहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुरु भएको बैठकमा ओलीले जुनसुकै व्यवस्थामा पनि भ्रष्टाचार हुन सक्ने बताए ।
प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले संसद्मा कपडा खोलेर विरोध जनाएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुखले बोल्न नदिएको भन्दै स्वतन्त्र सांसद सिंह संसद बैठकमै अर्धनग्न बनेका छन् ।
गैरआवासीय नेपाली संघको १५ औं युरोप क्षेत्रीय सम्मेलन चेक गणतन्त्रको राजधानीमा १४ बुँदे प्राग घोषणापत्र जारी गर्दै आइतबार राती सम्पन्न भएको छ। तीन दिने युरोप क्षेत्रीय बैठकको उद्घाटन संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले गरेका थिए।
भुटानी शरणार्थीको आवरणमा भएको ठगी प्रकरणमा पक्राउ परेका आठजनालाई प्रहरीले अनुसन्धान गरिरहेको छ । यसका लागि थप सात दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति समेत दिएको छ । तर यो प्रकरणले राजनीतिमा ठूलै हलचल ल्याइदिएको छ । पूर्वमन्त्रीदेखि वहालवाला सांसदहरुसमेत प्रकरणमा मुछिने देखिएको छ ।