रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको छ । राष्ट्रपतिको सवारीका बेला भएको स्वास्थ्यकर्मीमाथि प्रहरीले गरेको लाठीचार्जको घटनामा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संघले माघ २९ गते सरकारी तथा गैरसरकारी अस्पतालहरुमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको हो ।
बहुदल स्थापनाको अर्को वर्ष २०४७ माघ २८ मा भ्रष्टाचार नियन्त्रण गर्न छुट्टै स्वायत्त र संवैधानिक हैसियतसहित अख्तियारको स्थापना भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अख्तियारको क्षेत्राधिकार सार्वजनिक क्षेत्रमा मात्रै सीमित गरिएकोले अनुचित कार्य,स्वार्थको द्वन्द्व, निजी तथा गैरसरकारी क्षेत्रमा हुने भ्रष्टाचारमाथि पनि अनुसन्धान गर्न पाउने गरी नीतिगत र कानूनी सुधार गर्न आग्रह गरेका हुन् ।
विवेकशील साझा पार्टीको प्रथम महाधिवेशन काठमाडौंमा सुरू भएको छ । लामो समयदेखि छिन्नभिन्न अवस्थामा रहेको सो पार्टीको प्रथम महाधिवेशन आइतबारबाट सुरू भएको हो ।"
राष्ट्रपति विद्यादेवी भण्डारीले अब हाम्रो ध्यान विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनतर्फ केन्द्रित हुनुपर्ने बताएकी छन् । शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । भण्डारीले आफूलाई दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी दिएकोमा सबैलाई धन्यवाद दिए ।
भारतका विदेश सचिव विनयमोहन क्वात्रा दुई दिने नेपाल भ्रमण गर्ने भएका छन्। उनका नेपाली समकक्षी भरतराज पौड्यालको निमन्त्रणामा २०७९ फागुन १ देखि २ गतेसम्म उनले नेपालको औपचारिक भ्रमण गर्ने नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
नेकपा एमालेले अहिलेको सत्ता गठबन्धनलाई टिकाएर लैजाने निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार बसेको बैठकले अहिलेको गठबन्धनलाई अघि बढाउने निष्कर्ष निकालेको हो ।
नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्री बनेका छन् । उनलाई बिहीबार साँझ मुख्यमन्त्री बनाइएको हो । उनलाई प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
क्यानडा अध्ययनका लागि लक्षित गर्दै काठमाडौंमा शैक्षिक मेलाको आयोजना हुने भएको छ । मेलालाई क्यानडाको जर्जिएन कलेजका प्रतिनिधिहरूमध्ये अन्तर्राष्ट्रिय शिक्षा र विकास निर्देशक मिस स्टेफनी ब्यारी, दक्षिण एशिएन देशका प्रतिनिधि रोहन रावतले सम्बोधन गर्दैछन् ।