बीपी कांग्रेसको घोषणापत्र सार्वजनिक
- रुपान्तरण
नेपाली कांग्रेस (बीपी)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । रिपोर्टर्स क्लब नेपालमा बुधबार पत्रकार सम्मेलन गरेर सो पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि आठ पेज लामो घोषणापत्र सार्वजनिक गरेको हो । पार्टीले उद्योग, सडक पुर्वाधार, हवाईसेवा, खानेपानी, सरसफाई, उर्जा, वैकल्पिक उर्जा, कृषि, सिंचाई, पर्यटन, कला, साहित्य संस्कृतिलाई प्राथमिकता दिएको छ ।