संस्था विभाजन हुँदा एनआरएनएको परोपकारी काम छिन्नभिन्न
- रुपान्तरण
परोपकारी काम गरेर प्रतिष्ठा कमाएको विदेशका नेपालीहरुको साझा संस्था गैर आवासीय नेपाली संघ एनआरएनए यतिबेला तीन समूहमा विभाजित छ । १०औं महाधिवेशनबाट अलग भएको पूर्वअध्यक्ष शेष घले नेतृत्वको समूह, ११औं महाधिवेशनबाट अलग भएका आरके शर्मा र डा. बद्री केसी नेतृत्वको समूह समानन्तर गतिविधि गर्न तल्लिन छन् । जसका कारण प्रभावकारी रुपमा संस्थागत कामहरु हुन सकेका छैनन् ।"