विचार - रुपान्तरण
 २०८० चैत्र १६, शुक्रबार    

विचार

ती बहुगुणाको नेपाल यात्राः जसको मुखबाट पहाड बोल्थ्यो, हिमाल सुसाउँथ्यो

- रुपान्तरण   

नेपाल–भारतमा कोभिड–१९ को दोस्रो भेरियन्टबाट लाखौँ मानिसहरु संक्रमित–आक्रान्त छन्। अक्सिजनको अभावमा हजारौँ नागरिकले अकालमा ज्यान गुमाउनु परेको छ। सर्वत्र विस्तारित यो शोक र विपत्तीको घडीमा गत हप्ता दक्षिण एसियाली उपमहाद्वीपले यस्तो एक योद्धा गुमायो, जसले विश्वका अर्बौं मानिसलाई प्राकृतिक अक्सिजनका लागि वनजंगल–पर्यावरणको महत्व कति छ भन्ने ज्ञान बाँडेका थिए, यस क्षेत्रमा बसोबास गर्ने करोडौँ मानिसका लागि हिमाल र नदीको महत्व बुझाउन आफ्नो सम्पूर्ण जीवन अर्पण गरेका थिए। ती गान्धीवादी योद्धाको नाम सुन्दरलाल बहुगुणा हो।"