कोशी प्रदेशका संभावना र समृद्धिका आधारहरु
- युवराज गौतम
प्रदेश संरचना कार्यान्वयनमा आएको पाँच वर्षपछि अर्थात ढिलागरी नामाकरण भएको कोशी प्रदेशमा अझैपनि नामाकरणप्रति असन्तुष्टि छ । विभिन्न जाति, भाषा र धर्म, संस्कृति र सभ्यता सबैको भावना सम्बोधन गर्न सक्ने साझा नाम दाबी गरिएको कोशीमा असन्तुष्टि कायम रहेपनि पहिचानको आन्दोलन मत्थर भइसकेको छ । केदार कार्कीको नेतृत्वमा नयाँ सरकार बनेपछि केही सकरात्मक संकेतहरु देखिन थालेका छन् ।