जलवायु परिवर्तनको असर र मिडिया सचेतना
- युवराज गौतम
विश्वभर जलवायु परिवर्तनको असरबारे चासो र चिन्ता छ । प्राकृतिक जोखिम दिनप्रतिदिन बढ्दै गएको र मानवीय जीवनका लागि आवश्यक जलस्रोत, वातावरण, उत्पादनजस्ता क्षेत्रमा देखिएको प्रभावले चिन्ता थपिदै गएको छ । हिमालै हिमालको देश नेपालमा हिउँको मात्र घट्दै जानु, हिमनदीहरु फुट्ने जोखिम बढ्नु, लामो समयसम्म खडेरी परेर कृषिजन्य बस्तुको उत्पादनमा कमी आउनु, पानीका मुहानहरु सुक्दै जानु अनि क्षणभरमै बाढी र डुबानले जनधनको क्षति हुनुलाई जलवायु परिवर्तनको असर मानिन्छ । यसका निम्ती विकसित देशहरुले प्रभावकारी कार्यक्रम र योजनाहरु अघि सारेका छन् ।"