विचार - रुपान्तरण
 २०८१ बैशाख ८, शनिबार    

विचार

गुजराल डक्ट्रीन

- रुपान्तरण   

परराष्‍ट्र सम्बन्धको चर्चा गर्दा हामी नेपालीहरू भावनामा बग्न रुचाउँछौँ। संवेग भन्दा पर जान सक्दैनौँ। गुजराल डक्ट्रीन एउटा यस्तै प्रसङ्ग हो । गुजराल डक्ट्रीन आज इतिहास भइसक्यो। भारतको परराष्‍ट्र नीतिको दुनियाँले यसलाई कहिले पनि पूर्ण रूपमा अगिंकार गरेन। तर हामीकहाँ अझै पनि त्यस प्रतिको नोस्टाल्जीया देख्‍न पाइन्छ। इन्दिरा गान्धीको सरकारमा मन्त्री रहेका इन्दर कुमार गुजराल आफ्नै प्रधानमन्त्रीद्वारा लगाइएको सङ्कटकालप्रति असन्तुष्‍ट रहे। सोही असन्तुष्‍टिको यथोचित व्यवस्थापन गर्न उनलाई १९७६मा राजदूतका रूपमा सोभियत संघका पठाइयो। कूटनीति र परराष्‍ट्र सम्बन्धको संसारलाई उनले मस्कोमा प्रत्यक्ष अनुभव गरे।"""