राष्ट्रपतिको पछिल्लो कदम : अस्थिरताको नमूना
- रुपान्तरण
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेपछि राष्ट्रपतिको कदमबारे पक्ष र विपक्षमा बहस जारी छ । राजनीतिक दलका नेता, कानून व्यवसायी, सामाजिक अभियन्तादेखि सामान्य नागरिकहरु राष्ट्रपतिको भूमिकाबारे आफ्नो धारणा बनाइरहेका छन् ।