नेपाल र भारतका नेताबाट प्रदीप गिरीप्रति श्रद्धाञ्जली
- रुपान्तरण
नेपाली कांग्रेसका नेता, समाजवादी चिन्तक एवम सांसद दिवंगत प्रदीप गिरीप्रति नेपालका प्रमुख कम्युनिष्ट पार्टीका नेता तथा भारतीय नेताहरुले शुभेच्छा प्रकट गरेका छन् । गिरीको विचार र सादगी जीवनप्रति प्रशंसा गर्दै दिवंगत आत्माप्रति श्रद्धाञ्जली ब्यक्त गरेका छन् । विशेषगरी नेपालका कम्युनिष्ट पार्टीका नेताहरुले गिरीप्रति गहिरो सदभाव व्यक्त गरेका छन् ।