विदेशमा रहेका नेपालीलाई मताधिकारका लागि प्रयास
- रुपान्तरण
नेपाली कांग्रेसले विदेशमा रहेका नेपालीलाई मताधिकार प्रयोग गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको ध्यानकर्षण गराएको छ । मंगलबार पार्टीको तर्फबाट महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था मिलाउन आग्रह गराएका हुन् ।