नयाँ मोडमा डा.बाबुराम
- रुपान्तरण
जनता समाजवादी पार्टी जसपा छाडेका डा.बाबुराम भट्टराईले नयाँ पार्टी खोलेका छन् । पार्टीको नाम नेपाल समाजवादी पार्टी रहने भएको छ । भट्टराई निकट एक नेताका अनुसार निर्वाचन आयोगमा यसअघि नै दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी बनाइएको हो ।