प्रधानमन्त्री वा राष्ट्रपति बन्ने रामचन्द्र पौडेलको सपना
- रुपान्तरण
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल हिजोआज के गर्दैछन् ? धेरैलाई यही जिज्ञासा हुनसक्छ । कांग्रेसको १४औं महाधिवेशनबाट सभापतिको कुर्सी सम्हाल्ने सपना बुनेका उनी सपना तुइएसँगै हिजोआज देशको कार्यकारी भूमिकामा पुग्ने असीम सपना देखिरहेका छन् । छिटपुट रुपमा सार्वजनिक कार्यक्रममा उभिने गरेका उनी देशको नेतृत्व गर्ने इच्छा रहेको अभिब्यक्ति छुटाएका छैनन् ।