चुनावी मैदानमा सुजाता : जोगिएला विरासत ?
- रुपान्तरण
मेरा लागि यो अन्तिम चुनाव हो । पाँच वर्षपछि मलाई चुनाव लड्न मैदानमा आउनु छैन । राजनीतिक भविष्य आउने पुस्ताका लागि पनि सुनिश्चित गर्नुपर्छ,’ कांग्रेस नेतृ सुजाता कोइराला भन्दै थिइन् । उनको निर्वाचन क्षेत्र मोरङ–२ पुग्दा कोइरालालाई स्थानीय नेताहरूले घेरेका थिए । कोइराला प्रत्यक्षबाट चुनाव लड्न पहिलोपटक मोरङ झरेकी हुन् । तर, संसद् यात्रा उनको पहिलो भने होइन । ०७० को संविधानसभा सदस्य र ०७४ मा उनी समानुपातिक सांसद बनेर उनले संसद्को यात्रा गरिसकेकी छन् ।