चुनावपछि गठबन्धनकै सरकार
- रुपान्तरण
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि गठबन्धनकै सरकार बन्ने दबी गरेका छन् । भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले संविधान, सुशासन र समृद्धिमाथि खतरा रहेसम्म गठबन्धन कायमै रहने जानकारी दिए ।