पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पराजित भएका छन् । प्रतिनिधि सभातर्फ इलाम क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका खनाललाई नेकपा एमालेका महेश बस्नेतले २ हजार ९५७ मतान्तरले पराजित गरेका हुन् ।"
मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभातर्फको मत गणना जारी रहँदा सत्तारुढ गठबन्धनका नेताहरुले आपसी भेटघाटलाई तिब्रता दिएका छन् । १६५ क्षेत्रमध्ये १५८ वटा क्षेत्रको मत परिणाम आइरहँदा भावी सरकार निर्माणको समीकरणबारे दलहरु छलफलमा जुटेका छन् ।
मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचन अन्तर्गतको समानुपातिकतर्फ एमाले र कांग्रेसबीच तिब्र प्रतिस्पर्धा देखिएको छ । एमालेले शुरुदेखि नै अग्रता लिइरहेको छ भने कांग्रेस पछ्याइरहेको छ ।
मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा हालसम्ममा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ । तीन सय ३० क्षेत्रमा भएको निर्वाचनमा हालसम्म ३१० स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।"
प्रतिनिधि सभाको समानुपातिकतर्फ नेकपा एमालेले सुरुआतदेखिको अग्रता कायम राखेको छ । निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार एमालेले २० लाख ३२ हजार मत प्राप्त गरेको छ ।
पछिल्लो मतणनाअनुसार प्रदेशसभातर्फ पनि नेपाली कांग्रेस अगाडि रहेको छ । हालसम्म सार्वजनिक तीन सय तीन सिटमध्ये कांग्रेस एक सय दुई, एमाले ८३ र माओवादी ५२ सिटसहित तेस्रो स्थानमा छ ।
रूपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपक बोहोरा विजयी भएका छन् । नेपाली कांंग्रेसका उम्मेदवार तथा गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित भए । खाँण २ हजार ६८१ मतान्तरले पराजित भएका हुन् ।
प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकको मतगणना जारी छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)ले सुरुआतदेखि नै अग्रता कायम गरिररहेको छ ।