संघीय संसदमा अब १२ दल, एमाले दोस्रो हैसियतमा
- रुपान्तरण
४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको नतिजा लगभग अन्तिम चरणमा पुगेको छ । सोमबार मात्र दोलखाको परिणाम आएपछि चुनावी नतिजा अन्तिम चरणमा पुगेको हो । निर्वाचन आयोगले मंसिर २२ सम्ममा सबै परिणाम सार्वजनिक गरिसक्ने जनाएको छ । यसपटक संघीय संसदमा नयाँ दलका प्रतिनिधिसहित १२ वटा राजनीतिक दलको प्रतिनिधित्व हुँदैछ । यस पटक सदन विगतभन्दा केही फरक र रोचक हुने अनुमान गरिएको छ ।