अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सी क्याटलान क्लब बार्सिलोनाबाट बिदाइका क्रममा आयोजित सम्बोधनमा भक्कानिएका छन् । मेस्सीले आफूले बार्सिलोना छोड्न नचाहे पनि बाध्य भएको प्रतिक्रिया दिएका छन् ।
कोरोना संक्रमण दर बढ्दै गएपछि जापानले टोकियोसहित पाँच शहरमा आपतकालको घोषणा गरेको छ । चीबा, कनागावा, ओसाका र ओकिनावा शहरमा आपतकाल घोषणा गरिएको प्रधानमन्त्री कार्यालयले एक ट्वीटमार्फत जानकारी गराएको छ ।
विश्वभर कोभिड–१९ संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ७४ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ७४ हजार ६ सय ८० जनाले कोभिडबाट ज्यान गुमाएका छन् । जसमध्ये सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा छ लाख ८ हजार ८ सय १३ जनाको मृत्यु भएको छ ।
हाइटीका राष्ट्रपति जोभेनेल मोइजलाई उनकै निजी निवासमा गोली हानी हत्या गरिएको छ । हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउड जोसेफले बुधबार जारी विज्ञप्तिमार्फत् राष्ट्रपति मोइजको हत्याको पुष्टि गरेका हुन् ।
विश्वका अधिकांश मलुकले बहुविवाहलाई गैरकानुनी मानिरहेका बेला दक्षिण अफ्रिकामा भने महिलाहरूले पनि धेरै श्रीमान् राख्न पाउने प्रस्ताव ल्याइएको छ ।
कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यो सङ्क्रमण विश्वका ६० देशमा पुगिसकेको छ ।
अमेरिकाको मेरिल्याण्डमा अन्धाधुन्ध गोली प्रहार हुँदा एक नेपालीसहित तीन जना मारिएका छन् । मेरिल्याण्डको बाल्टीमोर काउन्टीमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक नेपालीसहित तीन जना मारिएका हुन् ।"
भारतमा जारी आईपीएल ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको छ ।