रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
वरिष्ठ उपन्यासकार प्रा.लीलबहादुर क्षेत्री भारत सरकारबाट दिने प्रतिष्ठित पुरस्कार ‘पद्मश्री’ पुरस्कारबाट सम्मानित भएका छन् । चर्चित ‘बसाई’ उपन्यास लेखेर नेपाली साहित्यमा ठूलो गुन लगाएका असम निवासी क्षेत्रीलाई भारत सरकारले साहित्य र शिक्षा विधामा पद्मश्री पुरस्कारले सम्मान गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा ३ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । १ नम्बर प्रदेशको प्रमुखमा परशुराम खापुङ्ग, कर्णाली प्रदेश प्रमुखमा तिलक परियार र सुदूरपश्चिम प्रदेश प्रमुखमा देवराज जोशीलाई नियुक्त गरिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीले अदालत आफूविरुद्ध प्रयोग भएको जिकिर गरेका छन् । उनले सेना र प्रहरी प्रयोग गर्न नसकिएपछि अदालत प्रयोग भएको दाबी गरे ।
उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले भारत र बंगलादेशलगायतका छिमेकी देशसँग विद्युत बिक्रीको बाटो खुलेको बताएकी छिन् । मन्त्री भुसालले भारतसँग विद्युत व्यापार सुरु भइसकेको र बंगलादेशसँग सकारात्मक ढंगले कुरा अघि बढिरहेको बताइन । उनले भारतसँगको व्यापार दक्षिण एशियाकै पहिलो भएको समेत बताइन ।"
नेपाली कांग्रेसले कार्तिक २८ गतेलाई केन्द्रीय समिति बैठक बोलाएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार कार्तिक २८ गते आइतवार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बैठक बोलाइएको हो ।
प्रधानमन्त्री शेर बहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको बताएका छन् । संयुक्त अधिराज्यको ग्लास्गो नगरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिई बिहीबार बिहान स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देउवाले उक्त जानकारी गराएका हुन् ।
नेकपा एमालेले पार्टीको आगामी १०औं महाधिवेशनमा देश तथा विदेशबाट राजनीतिक दलका शीर्ष नेतालाई अतिथिका रुपमा बोलाउने भएको छ। तर एमालेले माधव नेपाललाई भने नबोलाउने बताएको छ।
महानायक राजेश हमालको स्वरमा रहेको गीत ‘मन बुढो भएन’को भिडिओ रिलीज गरिएको छ । बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै भिडिओ रिलीज गरिएको हो । यो गीत नै हमालले गाएको पहिलो अफिसियल गीत हो । गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ ।