रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
गैर आवासीय नेपाली संघ(एनआरएनए)को महाधिवेशन र चुनावबारे अन्यौल कायमै रहंदा परराष्ट्र मन्त्रालयले संघको विधान अनुसार संरक्षक परिषदलाई चुनाव गराउने जिम्मा दिएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग राख्दै आन्दोलन चर्किएको तीन साता वित्यो । तर जबरा टस न मसको अवस्थामा छन् । उनी कुनै पनि हालतमा राजीनामा दिने पक्षमा छैनन् । बरु महाअभियोग सामना गर्ने पक्षमा छन् । तर पनि कानून व्यवसायीहरुको संस्था नेपाल बार एसोसिएनले संसदमा रहेका राजनीतिक दलका प्रतिनिधिहरुलाई ज्ञापन पत्र बुझाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारको ध्यान कसरी राजश्व बढी संकलन गर्ने भन्नेमा बढी केन्द्रित भएकाले कर प्रणाली व्यवस्थित र प्रभावकारी हुन नसकेको बताएका छन् ।
कांग्रेस नेता प्रकाशमान सिंहले आफ्नाबारे महामन्त्री डा.शशांक कोइरालाले गरेको टिप्पणी गलत भएको बताएका छन् ।
नेपाली कांग्रेसका सभापति एवम प्रधानमन्त्री शेर बहादुर देउवाको गृहजिल्ला डडेल्धुरा कांग्रेसका नेता तथा कार्यकर्ताले बुधबारदेखि काठमाडौं सानेपा स्थित पार्टी कार्यालयमा अनशन शुरु गरेका छन् ।
नेकपा (एमाले)को आसन्न दसौँ राष्ट्रिय महाधिवेशनका लागि अधिकांश जिल्लाबाट सर्वसम्मतिले प्रतिनिधि छनोट भएको छ । पार्टीले निर्धारण गरेको मापदण्डअनुसार खुल्ला, महिला र उत्पीडित समुदायबाट प्रतिनिधिको छनोट गरिएको छ ।"
कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशनका लागि नेपाली कांग्रेसले सातै प्रदेशमा संयोजक तोकेको छ । पार्टी सभापति शेरवहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको केन्द्रीय समिति बैठकले प्रदेश अधिवेशनका लागि संयोजक तोकेको हो ।
सत्तारुढ नेपाली कांग्रेसभित्र न्यायालयमा देखिएको विवादको विषयमा फरक फरक धारणा आएको छ । धेरैजसोले मौन बस्नुपर्ने धारणा राखेका छन् ।"