रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिरभित्र सम्पन्न हुनेगरी १४औं महाधिवेशनको कार्यतालिका बनाउन पार्टीको निर्वाचन समितिलाई निर्देशन दिएका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन गर्न बाँकी १३ जिल्लाको वडा अधिवेशन छठअघि नै गर्ने तयारी गरेको छ । केन्द्रीय निर्वाचन समितिको बैठकले मंगलबार पदाधिकारीसंग छलफल गरेर छठअघि नै अधिवेशन गर्ने गरी मिति तय गर्ने तयारी गरेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचन गर्ने विषयमा छलफल भएको छ ।
पूर्व महान्यायाधिवक्ता एवम् बरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अब ढिलो नगरी अब २/३ घण्टाभित्रै राजीनामा दिनुपर्ने बताएका छन् । श्रेष्ठले भने,‘उहाँले आजै राजीनामा दिनुपर्छ । व्यक्तिगत रुपमा पनि यसले हित हुँदैन्, उहाँ जति बस्नुहुनछ उहाँलाई त्यति ठूलो क्षति हुन्छ । न्यायलय र व्यक्तिगत क्षति रोक्ने हो भने तत्काल राजीनामा दिनुपर्छ । १४ जना न्यायाधीशले विद्रोह गर्नुभयो । कमण्डरमात्रै बाँकी भएको युद्ध कस्तो हुन्छ ? धेरै समय नलगाउनुहोस अब २/४ घण्टाभित्रै राजीनामा दिनुपर्छ ।’
सरकारले प्रहरीको रासनको दररेटमा १५ प्रतिशत वृद्धि गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनको दररेट १५ प्रतिशतले बढाएर उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
नेपाली सेनाले सैनिकमञ्च टुँडिखेलमा फुलपाती बढाइँ समारोह आयोजना गरेको छ । फूलपाती बढाइँ समारोहमा परमाधिपति समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसमेत सरिक भएकी छन् । समारोहमा नेपाली सेनाको टुकडीले उनलाई सलामी अर्पण गरेको थियो ।"
रेल्वे विधेयक पनि संघीय संसदबाट फिर्ता भएको छ । सोमबार राष्ट्रियसभामा उत्पति भइ प्रतिनिधिसभामा विचाराधीन ‘रेल्वे विधेयक २०७६’ लाई फिर्ता गर्ने प्रस्ताव राष्ट्रियसभा र प्रतिनिधिसभाबाट फिर्ता भएका हुन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने तयारीमा रहेका कांग्रेस उपसभापति विमलेन्द्र निधि देश दौडाहामा छन् । सभापतिमा आफ्नो उम्मेदवारीबारे धारणा राखिरेका छन् । काठमाडौंको थापागाउँमा भब्य सम्पर्क कार्यालय खोलेर सभापतिको रेसमा रहेका निधिले धनुषामा पुगेर आफ्नो उम्मेदवारीका बारेमा प्रष्टिकरण दिएका छन् ।