रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
गैर आवासीय नेपाली संघका प्रमुख संरक्षक तथा उच्चस्तरीय समितिका संयोजक शेष घलेले आफ्नो प्रतिवेदन समिति समक्ष बुझाएका छन्।
हाम्रो देशमा आर्थिक विकास गर्ने कुरा पहिल्यैदेखि हुँदै आएको हो । त्यो विकासको बेनिफिसियरीहरु को को हो भन्ने बारेमा हामीले तथ्यगत विश्लेषण गर्नुपर्छ । हाम्रो आर्थिक बृद्धि भयो भने त्यसले रोजगारी सिर्जना हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।"
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी सम्झौता संसदबाट अनुमोदन भएसँगै मुलुक दुर्घटनाबाट जोगिएको प्रतिक्रिया दिएका छन् । निजी निवास खुमलटारमा सोमबार पत्रकार सम्मेलन गरी प्रचण्डले एमसीसीका कारण राजनीतिक दलहरु र समाज नै विभाजित भई प्राप्त उपलब्धि पनि गुम्ने खतरा पैदा भएको बताएका हुन् ।
निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको तयारीलाई तिब्रता दिएको जनाएको छ । आयोगले करिब दुई करोड मतपत्र छपाउने तयारी पनि गरेको छ । मतपत्रका लागि आवश्यक कागज खरिद गर्न आपूर्तिकर्ता कम्पनीसँग आइतबार नै सम्झौता भइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
नेकपा एमालेका सांसद भीम रावलले एमसीसी नेपाली समाजलाई हस्तक्षेप गर्नेगरी आएको सम्झौता भएकाले स्वीकार्य नहुने बताएका छन् । उनले एमसीसी अस्वीकार गर्न सबैलाई आह्वान पनि गरे ।
नेपाली कांग्रेसका सांसद गगन थापाले अमेरिकी सहयोग सम्झौता (एमसीसी)नेपालको संविधानभन्दा माथि नभएको दाबी गरेका छन् ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पारित भएको छ । प्रतिनिधि सभाको आइतबार राति सम्पन्न दोस्रो पटकको बैठकले एमसीसीलाई बहुमतले पारित गरेको हो । त्यसअघि मन्त्रिपरिषदको बैठकले १२ बुँदे व्याख्यात्मक घोषणा ल्याएको थियो ।"
अभिनेता पल शाह (पूर्ण विक्रम शाह)लाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ । नाबालिग गायिकाले ११ फागुनमा जबरजस्ती करणीको आरोप लगाउदैँ तनहुँ जिल्ला प्रहरी कार्यलयमा जाहेरी दिएपछि केहि दिन फरार रहेका शाह आइतबार प्रहरी कार्यलयमा आत्मसमर्पण गरेका हुन् ।