रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
अस्पतालका बेडहरु कोरोना संक्रमितका विरामीले भरिन थालेसँगै अक्सिजन अभाव भएको जनाउदै नयाँ विरामी भर्ना नलिने अस्पतालहरुको संख्या थपिन थालेको छ ।
सुविधा सम्पन्न र अत्याधुनिक प्रविधियुक्त अस्पतालको रुपमा प्रचार गरिरहेको ललितपुरको नेपाल मेडिसिटी अस्पतालले कोरोना संक्रमितका नयाँ विरामी भर्ना गर्न नसक्ने र उपचाररतलाई पनि अक्सिजन उपलब्ध गराउन नसकिने जनाएको छ ।
कोरोना संक्रमणको दर कम नभएपछि उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञाको समय १५ दिन थपेको छ। तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबारको बैठकले जेठ १३ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएसँगै संयुक्तको सरकार गठनको कसरत शुरु भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी संयुक्तको सरकार गठनको कसरतमा जुटेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभामा विश्वासको मत पुर्याउन असफल भएका छन् । विश्वासको मत गुमाएपछि ओली काचलाउ भएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको धारा ७६(२)अनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई विश्वास गर्नु नपर्ने कुनै कारण नरहेको दाबी गरेका छन् । आफ्नो कार्यकालमा भएको उपलिब्धलाई मूल्याङ्कन गर्दै सबै दलका सम्पूर्ण सांसदलाई सर्वसम्मतरुपमा विश्वास मत दिन आग्रह समेत गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली निकट जस्तो देखिएको जनता समाजवादी पार्टीको एक पक्ष आइतबार एकाएक यूर्टन भएको छ । जसपाले प्रधानमन्त्री ओलीको विश्वासको मत सम्बन्धि प्रस्तावमा हुने मतदानमा आफ्ना सांसदहरुलाई ह्विप नलगाउने निर्णय गरेको छ ।