रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारेको विवादप्रति अमेरिका र चीनले चासो देखाएका छन् । अमेरिकी राजदूत र चिनियाँ प्रवक्ताले नेपालमा भइरहेको विवाद साथै सडक प्रदर्शनबारे प्रतिक्रिया समेत जनाएका छन् ।
आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट खेलमा नेपालले विजयी सुरुवात गरेको छ । ओमानको अल अमरेत क्रिकेट मैदानमा शुक्रबार भएको समूह चरणको पहिलो खेलमा नेपालले घरेलु टोली ओमानलाई ३९ रनले हराएको हो ।
निर्वाचन आयोगले आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि विभिन्न तयारी गरिरहेको जनाएको छ । निर्वाचनमा जनशक्ति परिचालनको कार्यलाई सरल र सहज बनाउनका लागि जनशक्ति (व्यवस्थापन) निर्देशिका, २०७८ स्वीकृत गरेको जनाएको छ ।
अमेरिकी सहयोग परियोजना (एमसीसी)सम्झौता पारित गर्ने वा नगर्ने भन्ने विषयले नेपाली राजनीति तरगिंत भएको छ । बुधबार संघीय संसदको प्रतिनिधि सभा बैठकमा उक्त सम्झौता पारित गर्नका लागि टेबुल गर्ने भनिए पनि शीर्ष राजनीतिक दलमा सहमति नभएपछि टेबुल हुन पाएन ।
आफू मन्त्री हुँदा ‘घुस खाएर धन आर्जन गरेको, मातृभूमिको भारा नतिरेको र आफु समाजमा प्रतिष्ठित हुँ’ भनेर हिँडेकोमा सरकारले दण्डित गर्नुपर्ने भन्दै पुर्वमन्त्री हरि पाण्डे मिडियामा आएका छन् ।
सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)संसदमा पेश गर्ने तयारी गरेपछि काठमाडौंलगायत देशका विभिन्न स्थानमा प्रदर्शन भएको छ । काठमाडौंको नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
नेपाली कांग्रेसले कार्यकाल सकिएका भ्रातृ संगठनहरू विघटन गरेको छ। विघटन गरिएको संगठन १० वटा छन् । सानेपास्थित पार्टी कार्यालयमा मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेविसंघसहित म्याद सकिएको भ्रातृ संगठन विघटन गरेको डा.प्रकाशशरण महतले जानकारी दिए ।
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का सम्बन्धमा नेपाली कांग्रेस नयाँ निष्कर्षमा पुगेको छ । कांग्रेसले एमसीसी पारित गर्नुपर्ने निष्कर्ष निकालेको हो । नयाँ बानेश्वरमा सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।"