रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपाली भाषामा झर्रोवादी पहिचान तथा आत्मपरक नियात्रा लेखनका लोकप्रिय साहित्यकार डा.तारानाथ शर्माको ८७ वर्षको उमेरमा सोमबार बिहान निधन भएको छ ।"
विश्वका विभिन्न देशहरुमा कोरोना भाइरसको महामारी नियन्त्रण गर्न लगाइएको लकडाउन हट्दै गएपछि पेट्रोलियम पदार्थको माग चुलिएको छ । मागसँगै अन्तर्राष्ट्रिय बजारमा मूल्य पनि आकाशिएको छ । नेपालमा पनि वीरगञ्ज नाका हुँदै नेपालका लागि आयात हुने पेट्रोलियम पदार्थको कारोबारमा गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा उलेख्य वृद्धि भएको छ ।
नायिका रेखा थापा विवाह बन्धनमा बाँधिएकी छन् । उनले पर्यटन व्यवसायी बलराम शाही ठकुरीसँग कोर्ट म्यारिज गरेको रेखा निकटले बताएका छन् । थापा र शाही केही समयदेखि प्रेममा थिए । अमेरिका बस्दै आएका शाहीसंग उनले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेका हुन्।
नेकपा एमालेले महाअभियोग लगाउने पाँच दलीय गठबन्धनको निर्णयको प्रतिवाद गर्ने निर्णय गरेको छ । महाभियोग दर्ता गर्नेलगायत सत्तापक्षका गतिविधिको सदन, सडक र न्याय क्षेत्रबाट प्रतिवाद गर्ने निर्णय एमालेले गरेको हो ।
इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको नवनिर्मित धावन मार्ग उद्घाटन गरिएको छ । पूर्वप्रधानमन्त्री एवम् नेकपा समाजबादीका नेता झलनाथ खनाल र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले संयुक्त रुपमा विमानस्थल उद्घाटन गरेका हुन् ।
सर्वप्रिय गायक रामकृष्ण ढकालको स्वरमा रहेको ‘तिम्ले बोल्ने बोली’ बोलको नयाँ गीत ‘भ्यालेनटाइन डे’ को छेको पारेर सार्वजनिक भएको छ । आइतवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा दीपक शर्माको संगीत र नेत्र कोइराला ुआकाशु को शब्द रचना रहेको छ । प्रेमभाव बोल्ने गीतको भिडियोमा आकाश श्रेष्ठ र खुश्बु खड्काले अभिनय गरेका छन् ।
नेपालमा प्रतिबन्धित रहेको क्रिप्टोकरेन्सी, हाइपरफण्ड तथा डिजिटल नेटवर्किङको कारोबार गर्नेको सूचना दिन प्रहरीले आग्रह गरेको छ। प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोले गैरकानुनी कारोबारमाथि निगरानी भइरहेको भन्दै सर्वसाधारणलाई यस्तो अनुरोध गरेको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)परित्याग गरी दुई अघि नयाँ पार्टी खोल्ने अभिव्यक्ति दिएका कमल थापाले आइतबार ‘राप्रपा नेपाल’ को अध्यक्ष बनेका छन् । निर्वाचन आयोगमा पहिल्यै दर्ता रहेको राप्रपा नेपालमा उनी नयाँ अध्यक्ष बनेका हुन् ।