रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले अझै पूर्णता नपाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । उपसभापति निधिले छिटोभन्दा छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिन पनि प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका नेताहरुलाई दवाव दिए ।
नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भुसालले सरकार गठनमा ढिलाई हुनुमा अझै मन्त्रालय बाँडफाँडमा सहमति हुनु प्रमुख कारण रहेको सुनाएका छन् । उनले भने,‘मन्त्रालय बाँडफाँड हुन बाँकी छ । मन्त्रालय टुँगो लाग्नेबित्तिकै दलहरुले मन्त्रीहरुको नाम दिन्छन् ।
काठमाडौं जिल्लामा अनावश्यक रुपमा भीडभाड, मेला महोत्सव र सभा जुलुस आदि गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज (बिहीबार) राति १२ बजेदेखि लागू हुनेगरी अर्को आदेश नभएसम्मका लागि सो निर्णय गरेको हो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही महिना यता निराशजनक मन्तब्य दिइरहेका छन् । आफ्नो पार्टीमा देखिएको व्यथितिलाई लिएर उनी पार्टी विघठन गरौं समेत भन्न भ्याइसकेका छन् । पछिल्लो समय माओवादी नेताहरु बिग्रिन लागेको भन्ने अभिव्यक्ति प्रचण्डले दिने गरेका छन् ।
गृहमन्त्री बालकृष्ण खाणले कोभिड-१९ को चपेटामा परेको पर्यटन र रात्रीकालिन व्यवसायलाई पुरानै शैलीमा फर्काउन सरकारले कार्यदल बनाउने बताएका छन् ।
देशमा संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको स्थापनापछि, २०४८ सालमा, गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वमा गठन भएको नेपाली कांग्रेसको सरकारले खुला अर्थतन्त्रको शुरुवात गरेको थियो । तीस बर्षको अन्तरालपछि लोकतान्त्रिक समाजवादी पार्टीको नेतृत्वमा गठन भएको सरकारले पूँजीवादी अर्थ ब्यबस्थाको अबलम्बन गर्नु बुझन सकिने कुरा थिएन ।""
सत्तारुढ गठबन्धन आबद्ध दलहरूबीच मन्त्रीको सङ्ख्या भागबण्डा भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारी गरिरहेका छन् । देउवाले मन्त्रिपरिषद् विस्तार गर्नका लागि गठबन्धन आबद्ध दलहरूसँग मन्त्रीको नाम मागेका छन् । दलहरुले आन्तरिक विवाद टुंग्याएर मन्त्रीहरुको नाम दिएको खण्डमा विहीबार वा शुक्रबार भित्र मन्त्री मण्डलले पूर्णता पाउने लगभग निश्चित छ ।"
विद्रोही दार्शनिक तथा राजनीतिज्ञ रुपचन्द्र विष्टको जीवनीमा आधारित फिल्म ‘रुदाने’ विद्रोहको नेपाली नामको टिजर सार्वजनिक भएको छ । निर्माण युनिटले बुधबार ओएसआर डिजिटल मार्फत टिजर सार्वजनिक गर्दै २०२२ को मध्य सम्ममा फिल्म रिलिज गर्ने गरि काम अगाडी बढिरहेको जनाएको छ ।