रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
असोज १० गतेबाट दशैं मनाउन उपत्यका बाहिर जानेहरूका लागि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यातायात व्यवस्था विभाग, व्यवसायी, ट्राफिक प्रहरी र प्रशासनबीच शुक्रबार भएको बैठकले टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंंले चाडपर्व केन्द्रीत नयाँ नियम लागू गरेको छ । प्रशासनले चाडपर्व साङ्केतिक रुपमा मनाउन आग्रह गरेको छ ।प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले विहीबार एक आदेश जारी गरी चाडपर्वहरु स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी न्यूनतम सहभागितामा साङ्केतिक रुपमा मनाउन आग्रह गरेका हुन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पुनः वडा अधिवेशन गर्न केन्द्रीय निर्वाचन समितिलाई ध्यानाकर्षण गराएको छ ।
नेकपा (एमाले)ले आफ्नो पार्टीको मागलाई सम्बोधन गरेर संसद् चलाउन सरकार र सभामुखको ध्यानाकर्षण गराएको छ । सरकार र सभामुखले संसद् स्थगित गरेर गैर जिम्मेवार पूर्ण व्यवहार देखाएको भन्दै एमालेले विज्ञप्तिमार्फत ‘हाउस असोज ४ गते किन सारियो ?’ भन्दै प्रश्न गरेको हो ।
भारतले नाकाबन्दी मार्फत भूपरिवेष्टित नेपालको दाना रोक्न सक्छ, तर भारतको जीवन धान्ने पानीको एक प्रमुख स्रोत नेपाल हो। यो भौगोलिक यथार्थसँग परिचित भारतको दूरगामी रणनीतिलाई मनन गर्न नसक्ने नयाँ नेपालका कथित नीतिनिर्माता राजनीतिज्ञहरु प्रति औंला ठड्याउनुको कुनै अर्थ छैन। तत्कालिन प्रधानमन्त्री केपी ओलीलाई चीनसँग पारवहन सम्झौता गरेर ईतिहासको पानामा आफ्नो नाम सुनौलो अक्षरमा लेखिने आत्मरतिमा बाँच्ने छुट थियो।
गैरआवासीय नेपाली संघको (एनआरएनए) ले सरकारलाई जवाफी पत्र पठाएको छ । संघको १०औ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी अक्टोबर २३-२५ तारिखमा सम्पन्न गर्न सम्पूर्ण आन्तरिक तयारीमा संघ जुटी सकेको अवस्थामा एक्कासी परराष्ट्र मन्त्रालयबाट निर्वाचन रोक्न भन्दै प्राप्त भएको पत्रले आश्चर्यमा परेको उल्लेख गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले केही दिन सरकारको खर्च रोकिन सक्ने जानकारी दिएका छन् । विनियोजन विधेयक, २०७८ पारित नभएपछि सरकारले राज्यकोषबाट बुधबारदेखि खर्च गर्न नपाउने भएको हो । प्रतिनिधिसभाको आजको बैठकपछि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अर्थमन्त्री जनार्दन शर्माले केही दिन सरकारको खर्च रोकिन बताएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार गठन भएको दुई महिना वितेको छ । २९ असारमा सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री पदमा नियुक्त भएका देउवाले दुई महिना बित्दा पनि सरकारलाई पूर्णता दिन सकेका छैनन् । उनी मुलुकको ४२ औं प्रधानमन्त्री बनेका थिए।