रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका १६ जिल्लाको निर्वाचन फागुन १३ गते गर्ने निर्णय गरेको छ । समितिको आज बसेको बैठकले उक्त निर्णय गरेको हो ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले एमसीसीको सन्दर्भमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गैरजिम्मेवार बनेको आरोप लगाएको छ ।
सरकारले चालु आर्थिक वर्षको बजेटको आकार ८६ अर्ब रुपैयाँले घटाएको छ । बिहीबार अर्थमन्त्रालयमा चालु आर्थिक बर्षको बजेटको अर्धवार्षिक समिक्षा सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी गराएका हुन् ।
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को पक्ष र विपक्षमा चर्चा चलिरहेका बेला सत्ताको नेतृत्व गरिरहेको पार्टी नेपाली कांग्रेसले उक्त परियोजना संसदद्बारा पारित गर्ने निर्णय गरेको छ ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा विद्युतीय मतदान प्रयोग गर्ने विषय अध्ययन गर्न कार्यदल गठन गरेको छ। बुधबार निर्वाचन आयोगले नेपाल सरकारका उच्चपदस्थ प्राविधिकसँग छलफल गरेर कार्यदल बनाएको हो।
सरकारले राष्ट्रिय गौरवका आयोजनाका लागि बजेटको अभाव हुन नदिने प्रतिवद्धता जनाएको छ । अर्थ मन्त्रालयले निर्माणाधिन काठमाडौं–तराई–मधेश द्रुतमार्ग आयोजनाको प्रसंगमा यस्तो प्रतिबद्धता जनाएको हो । आयोजना निर्माणको जिम्मेवारी लिएको नेपाली सेनाले बजेट सुनिश्चित् गर्न माग गरिरहेका बेला मन्त्रालयले प्रतिबद्धता जनाएको हो ।
भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले गाउँव्लकमा रहेका भूमि विहिनहरुलाई लालपूर्जा वितरणको कामलाई पहिलो प्राथमिकतामा राखेर आफू अगाडी बढिरहेको बताएकी छन् ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकाले एमसीसीका नाममा खसी देखाएर फर्सी भिडाउन खोजेको आरोप लगाएका छन् ।