रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई चारबुँदे पत्र लेख्दै निर्मल निवासबाट भएको हस्तक्षेपको छानविन गर्नुपर्ने आवाज उठाएका छन् ।
राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत सिइओ बद्रीकुमार गुरागाईले बैंकमा तरतला पर्याप्त भएको बताएका छन् ।
नेकपा एमालेले नेताहरुको वरियताक्रम तोकेको छ । भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा नेताहरुको वरियताक्रम निर्धारण गरिएको हो ।
काठमाडौंमा जारी नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवार हुनेहरुको अन्तिम नामावली प्रकाशन भएको छ ।
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र कांग्रेसको महाधिवेशन भीड जम्मा गर्ने थलो भएको बताएका छन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको मनोनयन दर्तामा ५ सय ४८ जनाको उम्मेदवारी परेको छ ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन काठमाडौंमा जारी छ । शनिबार आज बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेद्वारी मनोनयन दर्ता गर्ने कार्य तालिका छ । उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ आजै साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर ७ देखि ९ बजेसम्म निर्णय हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
गैर आवासीय नेपाली संघको निर्वाचन अनिश्चित भएको छ । दशौं महाधिवेशन अन्तर्गत उम्मेदवारी दर्ताको अघिल्लो दिन, शुक्रबार साँझ प्रमुख निर्वाचन आयुक्त लीलामणि पौडेलले राजीनामा दिएपछि डिसेम्बर अन्तिम साताका लागि तय गरिएको संघको निर्वाचन अनिश्चित भएको हो ।