रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगले आइतबार विज्ञप्तीमार्फत अन्तिम नामावली प्रकाशनसँगै राष्ट्रियसभा निर्वाचनका लागि चुनाव चिह्न प्रदान गरेको जानकारी गराएको छ ।
महत्वकांक्षी लक्ष्यसहित धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण शुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशाला निर्माणको जिम्मा भरतपुर महानगरपालिकाको काँधमा आइपुगेको छ । तीन अर्ब हाराहारी खर्च हुने अनुमान गरिएको रंगशाला निर्माणमा फाउन्डेशनले हात झिकेपछि महानगरको स्वामीत्वमा आइपुगेको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित केही नेतालाई कोरोना संक्रमण भएको छ । प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठसहित आधा दर्जन नेतालाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो ।
प्रधानमन्त्री शेर बहादुर देउवाले संसदको गतिरोध हटाउन एमाले अध्यक्ष केपी ओलीसँग अनुरोध गरेका छन् । शनिबार विहान भक्तपुरको बालकोटस्थित ओली निवास पुगेका देउवाले भेटमा एमालेले संसदमा गरिरहेको अवरोध हटाउन आग्रह गर्नुभएको देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जनाएका छन् ।
नेपालमा कोरोना संक्रमणको तेस्रो लहरको संकेत देखिएपछि सरकारले सजकता अपनाउन आग्रह गरेको छ । शुक्रबार एकै दिन २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएसँगै तेस्रो लहर छिटै आउन सक्ने संकेत देखिएको हो ।
नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले सत्तारुढ पाँच दलीय गठबन्धनको आयू सकिएको दाबी गरेका छन् । एमाले इलामको दशौं जिल्ला अधिवेशनको उद्घाटनलाई सम्बोधन गर्दै उपाध्यक्ष नेम्बाङले सत्ताधारी गठबन्धन विना मुल्य र मान्यताको आधारमा बनेकाले सँगसँगै बस्न नसक्ने अवस्थामा पुगिसकेको दावी गरे ।
नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को शुक्रबार राजधानीमा सम्पन्न ११औं वार्षिक साधारणसभाले नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । सिजेएनको नयाँ कार्यसमितिको अध्यक्षमा काजी श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् । श्रेष्ठ सहकारीखबर डटकमका सम्पादक हुन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणको किर्ते लिखतका सम्बन्धमा आफ्नो अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयलाई रायसहितको प्रतिवेदन बुझाएको छ ।"