रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपाली कांग्रेसले कार्यसम्पादन समिति गठन गरेको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले पदाधिकारीबाहेक २४ जनाको नाम अनुमोदन गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बिहीबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्ता नियमित भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीका सर्वमान्य सिद्धान्त, मुल्य र मान्यता अनुसार सहकारीहरुलाई अगाडी बढ्न र बढाउन सहकारी बोर्डको भूमिका महत्वपूर्ण हुने बताएकी छन् ।
तथ्यांक विभागले १२औं जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । वि.स. २०७८ सालमा सम्पन्न गणनाको तथ्यांकअनुसार हाल नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । यो वि.स. २०६८ को जनगणनाको तुलनामा २७ लाखले बढी हो ।
सरकारले विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारबाट प्राप्त हुने रु.दुई अर्ब ६१ करोडसम्मको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन पुनःस्थगन गरेको छ । यही माघ १५ गतेका निम्ति निर्धारण भएको अविधेशन कोरोना महामारीका कारण सार्ने निधो भएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संवाद र सहमतिको माध्यमबाट संसद् सुचारु गर्ने बताएका छन् । आफ्नो कार्यकालको ६ महिनाका उपलब्धी सार्वजनिक गर्दै उनले संसद् सुचारु भएपछि सबै दलसँग छलफलको माध्यमबाट सहमति जुटाएर नै विचाराधीन विषयलाई निष्कर्षमा पुर्याउने बताए ।
रुकुममा कम्युनिस्ट पार्टीको संस्थापक मध्यका स्कन्द शर्माका जेठा छोरा हुन् जनार्दन शर्मा । बुवाकै प्रेरणाले गर्दा राजनीतिमा लागेका उनले १४ वर्षकै उमेरमा पार्टी सदस्य लिएका थिए । २०३४ सालदेखि नै राजनीतिमा लागेका जनार्दनको राजनीतिक जीवनमा चरम उतारचढाव आएका छन् ।"