रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कुन मापदण्डको आधारमा पार्टीको केन्द्रीय सदस्यहरु मनोनित गरिएको हो भनि सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले लगानीकर्तालाई समयमै समस्याको जानकारी गराउन आग्रह गरेका छन् । लगानी बोर्डको कार्यालयमा भएको लगानीकर्ताहरूसँगको कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो आग्रह गरेका हुन् ।
धरान डे लगायतका कार्यक्रममा सहभागी हुन धरान पुगेका प्रधानमन्त्री शेर बहादुर देउवाले स्थानीय टेम्पोमा चढेर यात्राको मजा लिएका छन् । मंगलबार विहान १० बजे नै हेलिकोप्टरमार्फत धरान पुगेका उनले एक कार्यक्रमको सिलसिलामा टेप्पोको यात्रा गरेका हुन् ।
नेपालमा मंगलबारदेखि फेरि नयाँ मौसमी प्रणाली भित्रिएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव शनिबारसम्मै रहने र बर्षा तथा हिमपात हुने मौसमविदको अनुमान छ ।
यही माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि नौं वटा दलले उम्मेदवारी दर्ता गराएका छन् । सत्तारुढ गठबन्धनका पाँचसहित नौ वटा दलले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । प्रवक्ता पौडेलका अनुसार नौ दलबाट ४३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवार छान्नका लागि सोमबार विहान बसेको सत्तारुढ गठबन्धनको बैठक भागवन्डा मिलाएको छ । फागुन २१ गतेबाट रिक्त हुने राष्ट्रिय सभाको २० सिटका लागि गठबन्धनले भागभन्डा टुङ्याएको हो ।"
जेलमा कैद भुक्तानरत निलम्बित सांसद रेशम चौधरीको नयाँ राजनीतिक दल ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ताका लागि बाजागाजासहित नेताहरू निर्वाचन आयोगमा पुगेका छन् ।
नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल (प्रचण्ड)निर्विरोध निर्वाचित भएका छन् । माओवादी केन्द्रको आठौं महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय कमिटी बैठकबाट दाहाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।