रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्षदेखि सरल, सहज र भरपर्दो बैंकिङ सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजत प्राप्त एनसीसी बैंकले ग्राहक माझ थुप्रै खालका सेवा सुविधाहरु ल्याउँदै आएको छ।
नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि ११ वटा समूहले आफ्नो सुझाव दिएको छ ।"
सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको गृह मन्त्रालयले एक सूचना जारी गरी जनाएको छ ।
सरकारले बंगलादेशको ढाकामा सम्पन्न एसियन सिनियर सेन्ट्रल जोन भलिबलको महिलातर्फ च्याम्पियन नेपाली टोलीका खेलाडीलाई सरकारले जनही पाँच लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।
सहकारी ठगी प्रकरणमा मुछिएका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।"
नेपालका अधिकांश भागमा विस्तारै चिसो बढ्न थालेको छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।
नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन काठमाडौंमा आइतबारबाट शुरु भएको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । सो अवसरमा अध्यक्षमा पुष्पकमल दाहालले एमाले महासचिव शंकर पोखरेलको खुलेर प्रशंसा गरे । जुन विषय अहिले राजनीतिक बृत्तमा चर्चामा छ । पोखरेलको अभिव्यक्तिलाई लिएर प्रचण्ड लचक भएका हुन ।
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) राष्ट्रघाती नभएकाले पास गर्ने बताएका छन् ।प्रधानमन्त्री देउवाले आइतबार नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन कार्यक्रमा सम्बोधन गर्दै एमसीसी राष्ट्रघाती नभएको बताएका हुन् ।