रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिच द्विपक्षीय भेटवार्ता भएको छ। संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप–२६)को लागि स्कटल्यान्डको ग्लासगो सहरमा रहेका दुवै राष्ट्र प्रमुख बिच मङ्गलवार भेटवार्ता भएको हो।""
राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनमा नेपालको कुनै भूमिका नभए पनि नेपाल त्यसको मारमा परेको बताएकी छन् ।
पूर्वराष्ट्रपति डा.रामवरण यादवले न्यायालयमा देखिएको समस्या समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । पूर्वराष्ट्रपति यादवले न्यायालय विवादमा फसेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा निस्किएर राष्ट्रकै बेइज्जत गरेको टिप्पणी गरे ।
एमालेभित्र दश बुँदे सहमतिलाई सबै स्थानमा कार्यान्वयन नभएको असन्तुष्ट उपाध्यक्ष भीम रावलले कार्यदलबाट राजीनामा दिएका छन् ।
अमेरिकाले संसद अधिवेशनबाट अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन नभएपछि असन्तुष्टि जनाएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले कांग्रेसको १४ औं महाधिवेशनको मिति फेरि सरेको छ । निर्वाचन समितिले २७ मंसिरबाट शुरु गर्ने गरी नयाँ कार्यतालिका बनाएको छ। समितिको बुधबार बसेको बैठकले २७ देखि २९ मंसिरसम्म महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका बनाएको छ ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा विवादमा मुछिएका छन् । न्यायाधीशहरूले राणाको राजीनामा मागिरहेका छन् र इजलास बहिष्कार गरिरहेका छन् । तर बुधबार राणाले आफ्नो अडान नत्यागी ११ वटा इजलास तोकेका छन् । उनले आफ्नै एकल इजलासमा सुनुवाइ समेत गरेका छन् ।
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन्। बुधबार प्रदेश सभा बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले राजीनामा दिएकी हुन्। योसँगै बागमती प्रदेशमा नेकपा एमालेको सरकार ढलेको छ।