रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
गैर आवासीय नेपाली संघको निर्वाचन अनिश्चित भएको छ । दशौं महाधिवेशन अन्तर्गत उम्मेदवारी दर्ताको अघिल्लो दिन, शुक्रबार साँझ प्रमुख निर्वाचन आयुक्त लीलामणि पौडेलले राजीनामा दिएपछि डिसेम्बर अन्तिम साताका लागि तय गरिएको संघको निर्वाचन अनिश्चित भएको हो ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबारबाट काठमाडौंमा शुरु भएको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै २७ गते सकिने छ । शुक्रबारको उदघाटन सत्रमा सभापति शेरबहादुर देउवाले आफूलाई साथ दिन आग्रह गरेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको आन्दोलन ओझेल पर्दै गएको छ । संसदमा रहेको दलहरुले कानून व्यवसायीहरुले उठाएका मागहरुबारे भरपर्दो आश्वासन नदिएपछि आन्दोलन तुइने खतरा देखिएको छ ।
डा.डीआर उपाध्यायले थप २१ विश्व कीर्तिमान कायम गरेका छन् । बिहीबार राजधानीमा एक विशेष सामारोहबीच थप २१ विश्व कीर्तिमान कायम गर्दे उनले आफ्नो नाममा ८० विश्व कीर्तिमान कायम गरेका छन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले आफ्नो अवधारणा पत्र सार्वजनिक गरेका छन् । बिहीबार प्रज्ञा प्रतिष्ठान भवनमा पार्टी पुनर्जागरण र रुपान्तरणका लागि अवधारणा पत्र सार्वजनिक गर्दै कांग्रेसले अब ‘म होइन हामी’ भनेर काम गर्ने बताए ।
राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले राप्रपालाई ‘भजन मण्डली’ बनाउने निर्मल निवासको योजना सफल हुन नदिने बताएका छन् । मंगलबार अपरान्ह एक विज्ञप्ति जारी गर्दै राजसंस्थाका वारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका वारेमा पार्टी भित्र बहस पनि शुरु गर्ने बताए ।
नेपाली कांग्रेसको आसन्न १४औं केन्द्रीय महाधिवेशनको अन्तिम तयारीमा पुगेको छ । यही मंसिर २४ देखि २७ गतेसम्म आयोजना हुने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकबर्ष भित्र एमालेको सरकार बन्ने दाबी गरेका छन् । मुलुकको विकास र समृद्धिको अभियानलाई निरन्तरता दिन एमालेलाई आगामी निर्वाचनमा विजयी गराउन आब्हान समेत गरे ।