रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपालमा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको छ । दक्षिण अफ्रिकाबाट नेपाल आएका एक विदेशी व्यक्ति र उनीसँगको सम्पर्कमा आएका व्यक्तिमा नयाँ भेरियन्ट रहेको पुष्टि भएको छ ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले फेरि कांग्रेसको सभापति बन्ने इच्छा व्यक्त गरेका छन् । सोमबार बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले आफ्नो इच्छा व्यक्त गरेका हुन् । सभापतिले देउवाले १४ औं महाधिवेशनमा पनि आफैँ सभापति लड्न लागेको जानकारी दिँदै सहयोग गर्न सञ्चारकर्मीलाई आग्रहसमेत गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार विहान सकिएको मत गणना अनुसार लिङ्देनले आफ्ना प्रतिस्पर्धी कमल थापालाई पराजित गरेका हुन् ।
नेपालमा अब कोरोना विरुद्धको खोप अभाव नहुने देखिएकोछ । सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने गरी तयारी गरेको छ । यससम्बन्धी तयारी पूरा गरेको सरकारले जनाएको छ । यसका लागि आवश्यक खोप, खोपकेन्द्र र जनशक्तिको व्यवस्था गरिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेको महाधिवेशन प्रतिक्रान्तिलाई बलियो बनाउन आयोजना गरिएको भए पनि त्यो प्रयास असफल भएको बताएका छन् । शनिबार चितवनमा आयोजित प्रेस सेन्टर नेपालको चौथो महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले एमालेको १०औं राष्ट्रिय महाधिवेशनलाई पञ्चर्यालीसँग पनि तुलना गरे ।
नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालि लेस्टाईल, पर्फमेन्स र सुरक्षालाई समावेश गरी शानदार इन्टेरियरस्का साथ होण्डाको एमेज २०२१ लाई नेपाली बजारमा लन्च गरेको छ ।"
सरकार र गैर आवासीय नेपाली संघको नेतृत्वबीचको टकराव उत्कर्षमा पुगेको छ । संघमा देखिएको विवाद समाधान गरी नयाँ नेतृत्व चयन गर्न परराष्ट्र मन्त्रालयले पटक पटक दिएको निर्देशन कार्यान्वयन नगरी सरकारविरुद्ध नै अदालतमा जाने अध्यक्ष कुमार पन्तको व्यवहार संसारभर रहेका नेपालीहरुको भावना विपरीत भएको अभियन्ताहरुकै ठहर छ ।"
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रीत हुन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।