रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने बताएका छन् । साक्षर गण्डकी घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र बाहेक अरु कुनै हुन नसक्ने बताएका हुन् ।
वरिष्ठ अधिवक्ताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको न्यायिक आचरणमा प्रश्न उठाएका छन् । प्रधानन्यायाधीश जबराको कोटाबाट गजेन्द्रबहादुर हमाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त भएको विषय उठेकाले अधिवक्ताहरुले यसबारेमा प्रधानन्यायाधीश जबराले प्रष्ट पार्नुपर्ने आवाज उठाएका हुन् ।"
सरकारले विधानविपरितका काम सच्याएर मात्र निर्वाचन प्रक्रिया अगाडि अगाडि बढाउन गैरआवासीय नेपाली संघ(एनआरएनए)लाई निर्देशन दिएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार संघलाई पत्र पठाउँदै चार बुँदे निर्देशन दिएको छ । मन्त्रालयमा उजुरी परेको झण्डै एक महिनापछि मन्त्रालयले बुँदागत रुपमा संघलाई निर्देशन दिएको हो ।
मन्त्रिपरिषद्को पूर्णतापछि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा गजेन्द्रबहादुर हमालको नियुक्तीका बारेमा प्रधानन्यायाधीशलाई जोडिएको कुरा निराधार भएको जनाएको छ ।
भक्तपुर पलाँसेकी २४ वर्षीया मेनुका थापा कार्कीलाई घरपरिवारले कुटपिट गरेर मारेको माइती पक्षले आरोप लगाएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर माइती पक्षले मेनुकाको हत्या श्रीमान भुपेन्द्र कार्की, सासु सुकुमाया कार्की र ससुरा नेत्रबहादुर कार्कीले मिलेर गरेको भन्दै निश्पक्ष छानबिन गरेर दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् । मेनुकाको असोज १६ गते बनेपा अस्पतालमा उपचारको क्रममा निधन भएको माइती पक्षले जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले १८ मन्त्री नियुक्ति गरेकी छन् । मन्त्री नियुक्तिसँगै मौजुदा मन्त्रिपरिषद्मा भएका केही मन्त्रीहरूको जिम्मेवारीसमेत हेरफेर गरिएको छ ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले सबै हिसाबले पतनको दिशामा गएको बताएका छन् । एमालेका नेता केपी शर्मा ओली सबै हिसाबले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्युत भइसकेको आरोप पनि लगाए ।
उपेन्द्र महतो र जीवा लामिछानेलाई मेरो एउटा साधारण प्रश्न छ। संसारभरिका मान्छे संसारभरी छरिएका छन्। एनआरएनको मात्र यत्रो कोकोहोलो किन ? तपाईंहरुले आफ्नो उद्देश्य पुरा गरिसक्नुभयो। अब नेपाली समुदाय फ़ुटाएको किन ? उपेन्द्र महतो गुपचुप आफ्नो काम गर्छन। जीवा लामिछाने त किताब लेख्छन पनि। उनलाई अलिकति सामाजिक उत्तरदायित्व भन्ने कुराको ख्याल होला। एनआरएन नामको बिउ रोपेर तपाईंहरुले जे गर्नुभो त्यो गर्नुभो त्यो बेला तपाईंहरुकै थियो। अब त्यो छैन।"