रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपाली कांग्रेस र नेकपा (एमाले) समर्थक वकिलहरूको संस्था नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसन र प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनले सर्वोच्च अदालतमा सबै प्रकारका मुद्दा सुनुवाइ गर्न आह्वान गरेका छन् ।
प्रदेश १ को तेस्रो मुख्यमन्त्रीका रुपमा नेकपा एकिकृत समाजवादीका नेता राजेन्द्र राई नियुक्त भएका छन्। त्यस्तै कर्णाली प्रदेशमा नेपाली काँग्रेस संसदीय दलका नेता जीवन बहादुर शाही मङ्गलवार मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिच द्विपक्षीय भेटवार्ता भएको छ। संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप–२६)को लागि स्कटल्यान्डको ग्लासगो सहरमा रहेका दुवै राष्ट्र प्रमुख बिच मङ्गलवार भेटवार्ता भएको हो।""
राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनमा नेपालको कुनै भूमिका नभए पनि नेपाल त्यसको मारमा परेको बताएकी छन् ।
पूर्वराष्ट्रपति डा.रामवरण यादवले न्यायालयमा देखिएको समस्या समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । पूर्वराष्ट्रपति यादवले न्यायालय विवादमा फसेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा निस्किएर राष्ट्रकै बेइज्जत गरेको टिप्पणी गरे ।
एमालेभित्र दश बुँदे सहमतिलाई सबै स्थानमा कार्यान्वयन नभएको असन्तुष्ट उपाध्यक्ष भीम रावलले कार्यदलबाट राजीनामा दिएका छन् ।
अमेरिकाले संसद अधिवेशनबाट अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन नभएपछि असन्तुष्टि जनाएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले कांग्रेसको १४ औं महाधिवेशनको मिति फेरि सरेको छ । निर्वाचन समितिले २७ मंसिरबाट शुरु गर्ने गरी नयाँ कार्यतालिका बनाएको छ। समितिको बुधबार बसेको बैठकले २७ देखि २९ मंसिरसम्म महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका बनाएको छ ।