रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा विवादमा मुछिएका छन् । न्यायाधीशहरूले राणाको राजीनामा मागिरहेका छन् र इजलास बहिष्कार गरिरहेका छन् । तर बुधबार राणाले आफ्नो अडान नत्यागी ११ वटा इजलास तोकेका छन् । उनले आफ्नै एकल इजलासमा सुनुवाइ समेत गरेका छन् ।
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन्। बुधबार प्रदेश सभा बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले राजीनामा दिएकी हुन्। योसँगै बागमती प्रदेशमा नेकपा एमालेको सरकार ढलेको छ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेले जनादेश प्राप्त गर्ने बताएका छन् । मङ्गलवार पालिकास्तरका अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन् ।
नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले नेपालीहरुको महान चाड दशैं, तिहार र छठलाई लक्ष्ति गर्दै ल्याएको “होण्डाको फेस्टिभ बोनान्जा” योजना अन्तर्गत पहिलो विजेता लक्की मार्फत कार्तिक ५ गतेको दिन घोषित गरिएको छ ।
सुस्ता बचाउ अभियानले नवलपरासी जिल्लाको सुस्ता गाउँपालिकाको वडा नम्बर ५ मा नेपाल भारतको सीमा छुट्टयाई जंगे पिलर कायम गर्न माग गर्दै गृहमन्त्री बालकृष्ण खाणलाई ४ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिरभित्र सम्पन्न हुनेगरी १४औं महाधिवेशनको कार्यतालिका बनाउन पार्टीको निर्वाचन समितिलाई निर्देशन दिएका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन गर्न बाँकी १३ जिल्लाको वडा अधिवेशन छठअघि नै गर्ने तयारी गरेको छ । केन्द्रीय निर्वाचन समितिको बैठकले मंगलबार पदाधिकारीसंग छलफल गरेर छठअघि नै अधिवेशन गर्ने गरी मिति तय गर्ने तयारी गरेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचन गर्ने विषयमा छलफल भएको छ ।