रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले सरकारसँग पाँच बुँदे माग अघि सारेका छन् । उनले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएलगत्तै आफ्ना माग अघि सारेका हुन् ।
कोभ्याक्स कार्यक्रम अन्तर्गत अमेरिकाले अनुदानमा दिएको जोन्सन एण्ड जोन्सनको खोप सोमबारदेखि बुधबारसम्म लगाइँदैछ ।प्रधानमन्त्री शेरबहादुर देउवाले खोप लगाउने कार्यको शुभारम्भ गरेका छन्। काठमाडौं जोरपाटीको खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर खोप कार्यक्रमको थालनी गरेका हुन् ।
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले २२ जना सांसदहरूलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । आइतबार संसदमा पार्टी निर्णयविपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने माधव नेपालसहित २२ सांसदलाई अनुशासनको कारबाहीस्वरूप स्पष्टीकरण सोध्ने निर्णय भएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
प्रतिनिधि सभामा विश्वासको मत पाएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट सांसदको विश्वास प्राप्त गर्न राखेको प्रस्ताव बहुमतले पारित भएको छ । सहभागी भएका २४९ मध्ये देउवाको समर्थनमा १६५ सांसदले मत दिएका छन् । विपक्षमा ८३ र तटस्थमा १ मत परेको छ ।"
प्रधानमन्त्री शेर बहादुर देउवाले तीन बर्ष सरकारको नेतृत्व गरेका केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् । आइतबार प्रतिनिधि सभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै देउवाले भने, ‘उहाँले गर्नु भएका असल कामका लागि म धन्यवाद दिन चाहन्छु । वहाको अनुभव हाम्रा लागि उपयोगी हुनेछ ।’"
नेकपा एमालेका नेता एवम् प्रतिनिधि सभा सदस्य प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको फैसलाले संवैधानिक निकायबीचको शक्ति सन्तुलनमा खलबल्याएको आरोप लगाएका छन् ।
जनता समाजवादी पार्टी (जसपा)का चार सांसदले गुट परिर्वतन गरेका छन् । प्रतिनिधिसभा पुनर्स्थापित भएसँगै महन्थ ठाकुर पक्षधर रहेका चार सांसद उपेन्द्र यादव पक्षमा लागेका हुन् । पार्टी कार्यालय, बालकुमारीमा जारी संसदीय दलको बैठकमा प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल र नरमाया ढकाल सहभागी भएका थिए ।