रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेकपा एमालेमा यसअघि व्यवस्था गरिएको ७० वर्षे उमेर हद कायमै राखिने भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी केन्द्रीय कमिटी बैठकमा पेश भएका विभिन्न तीन दस्तावेजमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा नेता विष्णु पौडेलले ७० वर्षे उमेर हद कायमै रहने बताएका हुन् ।"
गैरआवासीय नेपाली संघ (एनआरएनए)का सल्लाहकार तथा पूर्व उपाध्यक्ष कुल आचार्यले संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । अहिलेसम्म आचार्यसहित तीन जनाले उम्मेदवारी दिने तयारी गरिरहेका छन् । रविना थापाले उम्मेद्वारी घोषणा गरिसकेकी छिन भने डा.बन्द्री केसीले अध्यक्षका लागि तयारी गरिरहेका छन् ।
नेपाल–चीन सीमा सम्बन्धमा लिमी लाप्चादेखि हिल्सासम्मको सीमा समस्या अध्ययन गर्न गठित समितिले आफ्नो प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको छ । समितिका संयोजक गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतिवेदन मन्त्री खाणलाई बुझाए ।
नेपालमा वीपी कोइरालाको देवत्वकरण हुन थालेकोछ । उहाँलाई महानायकको स्थानमा राख्न थालिएकोछ ।त्यसो त, उहाँको जीवनकालमा नै उहाँलाई महामानवकोविभूषणले विभूषित गरिएको थियो । त्यसैले, उहाँको प्रशंसा गर्दा कतै अतिशयोक्ति त हुँदैन ? भन्ने सन्दर्भ आउँछ । हामी त्यसका प्रति सजग रहनुपर्छ । यसमा कुनै शंका छैन–बीपी बीशौं शताब्दीको सबैभन्दा अग्लो व्यक्तित्व, टावरिङ पर्सोन्यालिटी, हुनुहुन्थ्यो ।""
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश अनिवार्य हुनुपर्ने या नपर्ने भन्ने मुद्दा निरुपणको लागि सर्वोच्च अदालतले मगाएको अदालतका सहयोग (एमीकस क्यूरी)ले इजलास बहिष्कार गरेको छ ।
गृहमन्त्री बालकृष्ण खाणले नागरिकको जीवन रक्षा र हितमा लाग्नु सरकारको दायित्व भएको भन्दै त्यो दायित्व पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग लड्ने भए एकताबद्ध भएर आउन उनले सत्तारुढ गठबन्धनलाई चुनौति दिएका छन् । उनले प्रधानमन्त्री शेर बहादुर देउवा र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालप्रति कटु आलोचना गर्दै गठबन्धनको कार्यशैलीप्रति आक्रोश व्यक्त गरे ।"