रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपाली कांग्रेसले १४औं महाधिवेशनअन्तर्गत जिल्लाहरुको अधिवेशन मिति केही हेरफेर गरेको छ । विहीबार साँझ बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले हिमाली जिल्लाहरुमा दसैं अघि र दसैंपछि अन्य जिल्लामा अधिवेशन गर्ने निर्णय गरेको हो।
नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रक्रिया चलिरहँदा क्रियाशील सदस्यता विवादले उग्र रुप लिंदै गएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा धर्ना र नाराबाजी जारी छ । केही जिल्लामा पनि धर्ना शुरु भएको छ ।"
नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटार जग्गा प्रकरणमा आफूलाई पूर्वाग्राही राखेर फसाएको बताएका छन् । उनले राजनीतिक प्रतिशोध साँधेर अख्तियार दुरुपयोग अनुसन्धानले विशेष अदालतमा मुद्दा दायर गरेको आरोप पनि लगाए । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो ५० वर्षको राजनीतिक र सामाजिक जीवन नै ध्वस्त पार्ने गरी षड्यन्त्रपूर्वक रुपमा फसाउने प्रयास भएको जिकिर गरे ।"
पाँचखाल नगरपालिकामा रहेको रिसोर्टको १०० रोपनी जग्गालाई केही समयदेखि बिबादमा तान्ने प्रयत्न गरिएकोछ । जग्गा दलालहरु, मालपोतका कर्मचारी र राष्ट्रिय बाणिज्य बैंकका कर्मचारीहरुको मिलीमतोमा हदबन्दीमा रहेको उक्त जग्गाको नामसारीगर्ने प्रयत्न भै रहेको कुरा हाम्रो जानकारीमा आएको छ ।
सरकारले आगामी चैत्र मसान्तभित्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाईसक्ने जनाएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको लक्ष्य अनुसार नै आगामी चैत्र मसान्तभित्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाईसक्ने बताएका हुन् ।"
केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेको सबै मुलुकका राजदूतलाई फिर्ता बोलाउने सरकारले निर्णय गरेको छ ।
सर्वोच्च अदालतले दुई महत्वपूर्ण मुद्दामाथि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी)पार्टी दर्ता गर्ने निर्वाचन आयोगको निर्णय झिकाउन आदेश दिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ५ सय २३ कैदीहरूको बाँकी सजाय माफी मिनाह गरेकी छिन् । मन्त्रिपरिषद्को भदौ २९ गतेको सिफारिस बमोजिम संविधान दिवसको अवसरमा विभिन्न कारागारमा कैद सजाय भुक्तानी गरिरहेकाहरूको बाँकी कैद सजाय माफी मिनाह गरिएको हो ।