रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
बाहिरी संसारबाट बिच्छिन्न भएर, एकोहोरिएर बसिरहँदा पुराना पुराना कुराहरु सम्झनामा आउन थाल्दो रै छ । कुनै अर्कै कालखण्ड थियो त्यो । म जोस्सिएर बसाइँ सर्दै न्यूयोर्क पुगेको थिएँ । र, दुइ हफ्तामैं उकुस मुकुस भएर झोला झ्याम्टा बोकेर फेरी गाउँ, विस्कनसिन, तिरै फर्केको सम्झना आयो एका बिहानै । त्यति बेला त खोइ के के भाथ्यो । अहिले सम्झिदा चाहिं हाँसो उठेर आयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कोभिड महामारीबीच पनि विकासको काम अगाडि बढाइरहेको बताएका छन् । उनले अब दुई दिनमा कोभिड विरुद्धको खोप ल्याउन थालिने पनि बताए ।
नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदहरुले आफ्नो अडान कायम राखेका छन् । शुक्रबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरेको हस्ताक्षर फिर्ता लिन माधव नेपाल पक्षलाई सोमबारसम्मको अल्टिमेटम दिएको छ । तर, नेपाल पक्षधर सांसदहरुले कुनैपनि हालतमा हस्ताक्षर फिर्ता नलिने स्पष्ट पारेका छन् ।
ॐ अस्पतालमा उपचाररत नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति (तिल विक्रम नेम्वाङ) वैरागी काइँलाको स्वास्थ्यमा सुधार आएको छ ।
अर्थ मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख सम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबारका लागि बोलाइएको नेकपा एमालेको १३ औं केन्द्रीय कमिटी बैठकमा अधिकांश समय माधव नेपाल र झलनाथ खनालको अनुपस्थितिले चर्चा पायो ।
नेकपा एमालेको ओली पक्षले शुक्रवार बोलाएको केन्द्रीय कमिटी बैठकमा माधव नेपालले समूह सहभागी नहुने निर्णय गरेको छ। उनीहरुले ओलीले शुक्रबार बोलाएको बैठक अवैध भएको पनि बताएका छन् ।
विहीबार बसेको राष्ट्रियसभाको बैठकमा १६ अध्यादेश पेश भएका छन् । आठौं अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ तथा शपथसम्बन्धी अध्यादेश, २०७८ अध्यादेश पेश गरे ।