रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टीको निर्णय कुरेर बसिएको स्पष्ट पारेको छ । मंगलबार बसेको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले कांग्रेसले बल्लबल्ल मानेको छ, अब जसपाले निर्णय दिएपछि त्यो प्रक्रिया अगाडि बढ्छ भने ।
कोभिड–१९ दोस्रो लहरको संक्रमण प्रदेश–१ मा पनि बढेपछि पूर्वका प्रमुख धार्मिक स्थलहरुमा तिर्थयात्रीहरुले गर्दै आएका पूजा अर्चना बन्द भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली कोरोना भाइरसको संक्रमितको सम्पर्क (कन्ट्याक्ट ट्रेसिङ)मा आएका छन् ।
‘बुद्धवीर लामा दशौं गीतिमय साँझ २०२१’ अमेरिकामा आयोजना गरिएको छ । चर्चित गीतकार बुद्धवीर लामाको एकल गीतहरु प्रस्तुत भएको कार्यक्रम शनिबार साँझ ‘नेपाली समय अनुसार आइतबार’ पेन्सिलभेनिया राज्यको ह्यारिसबर्ग शहरमा आयोजना भएको थियो ।
सरकारले कोरोना नियन्त्रणका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले गरेका विभिन्न सिफारिसलाई परिमार्जनसहित पारित गरेको छ । आन्तरिक उडान भने तत्काल नरोक्ने मन्त्रिपरिषद्को निर्णय छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना सङ्क्रमणको गति व्यापक रूपमा बढेको र देश सङ्क्रमणको चपेटामा परेको भन्दै परिस्थितिलाई थप जटिल हुन नदिनका लागि हरसम्भव उपाय प्रयोग गर्न सरकारसँग आग्रह गरेको छ ।
काठमाडौं उपत्यकामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी भएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले अवस्था हेरेर निषेधाज्ञाको निर्णय गर्न सरकारलाई सिफारिस गरेको छ । पहाडी जिल्लामा दुई सय तथा शहरी क्षेत्रमा पाँच सय सक्रिय संक्रमित पुगे निषेधाज्ञा गर्न सरकारलाई सिफारिस गरेको हो