रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले थप तीन जना नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । यसअघि उनले १० नेतालाई मनोनित गरिसकेका छन् । मनोनित गर्न पाउने ३३ मध्ये १३ जना मनोनित भइसकेका छन् । अब २० जना बाँकी छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ जना केन्द्रीय सदस्यको नामावली घोषणा गरेका छन् ।
स्वास्थ्य सेवा विभागले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट तीव्र फैलिन सक्ने भन्दै सचेत हुन आग्रह गरेको छ । विभाग अन्तर्गतको इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्थानीय र प्रदेश सरकारलाई सात बुँदे निर्देशन नै दिएको छ ।
नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । शनिबार दिउँसो केन्द्रीय निर्वाचन समितिले मतदाता सूची सार्वजनिक गरेसँगै निर्वाचन प्रक्रिया शुरु भएको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । देउवाले पार्टीका नेता रामचन्द्र पौडेल, विजय गच्छदारसहित १० जनालाई मनोनित गरेका हुन् ।
काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि छलफल सकिएको छ ।
नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको वरीयता तोकेको छ । कांग्रेस केन्द्रीय कार्यालयले सार्वजनिक गरेको सूचीमा सभापति शेरबहादुर देउवा पहिलो, उपसभापति पूर्णबहादुर खड्का दोस्रो र उपसभापति धनराज गुरुङ तेस्रो वरीयतामा छन् ।
बुधबार मुलुकभर मौसम बदली भई अधिकांश ठाउँमा पानी परेको छ । पानी परेसँगै देशका उच्च पहाडी र हिमाली भेगमा मङ्गलबार रातिदेखि हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।