रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपालमा कोरोना संक्रमणको तेस्रो लहरको संकेत देखिएपछि सरकारले सजकता अपनाउन आग्रह गरेको छ । शुक्रबार एकै दिन २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएसँगै तेस्रो लहर छिटै आउन सक्ने संकेत देखिएको हो ।
नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले सत्तारुढ पाँच दलीय गठबन्धनको आयू सकिएको दाबी गरेका छन् । एमाले इलामको दशौं जिल्ला अधिवेशनको उद्घाटनलाई सम्बोधन गर्दै उपाध्यक्ष नेम्बाङले सत्ताधारी गठबन्धन विना मुल्य र मान्यताको आधारमा बनेकाले सँगसँगै बस्न नसक्ने अवस्थामा पुगिसकेको दावी गरे ।
नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को शुक्रबार राजधानीमा सम्पन्न ११औं वार्षिक साधारणसभाले नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । सिजेएनको नयाँ कार्यसमितिको अध्यक्षमा काजी श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् । श्रेष्ठ सहकारीखबर डटकमका सम्पादक हुन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणको किर्ते लिखतका सम्बन्धमा आफ्नो अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयलाई रायसहितको प्रतिवेदन बुझाएको छ ।"
कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले तत्काल मल, खाद समस्या समाधान हुने बताएका छन । उनले भारतसँग जिटुजीमार्फत मल खरिदको सम्झौता हुने जनाएका हुन् । बिहीबा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् ।
पुस २५ गतेदेखि हुने भनिएको प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ । गुजरातमा हुने ‘भाइब्रेन्ट गुजरात’ समिटका लागि प्रधानमन्त्री देउवालाई पनि बोलाइएको थियो ।"
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकासमा प्राथमिकता र सुशासन प्रवर्द्वन सम्वन्धमा नेपाल सरकारका सचिवहरूसँग छलफल गरेका छन् । विशेषगरी नौं वटा बुँदा तयार गरेर देउवाले मन्त्री र सचिबहरुलाई निर्देशन पनि दिएका छन् ।
नेकपा (एकीकृत समाजवादी)निकट युवा संघ नेपालको प्रचार विभागको बैठक बुधबार संघको केन्द्रीय कार्यालय बबरमहलमा सम्पन्न भएको छ । युवा संघ केन्द्रीय कमिटीको आयोजनामा यही माघ २२ गते काठमाडौं हुने ‘युवा साँझ सांस्कृतिक कार्यक्रम’ सफलरुपमा सम्पन्न गर्नका लागि प्रचारप्रसार कार्यलाई तिब्रता दिने निर्णय भएको छ ।