रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुणाकर भट्टले पछिल्लो समय घट्दै गएको विदेशी मुद्रा सञ्चिति घट्न नदिनका लागि विलासिताका वस्तु आयातमा रोक लगाएको बताएका छन् ।
गोर्खा सैनिकहरुको लागि लड्दै आएको गोरखा भुतपुर्व सैनिक संघ (गेसो)ले नेपाली भूमिमा ब्रिटिस सैनिक क्याम्प हटाउन माग गरेको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै गेसोले नेपालको सार्वभौमसत्तामाथि ठाडो अतिक्रमण गरेको भन्दै तत्काल ब्रिटिस क्याम्प हटाउनुपर्ने माग गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै गेसोका संरक्षक पदम बहादुर गुरुङले नेपाली भुमिबाट तत्काल ब्रिटिस क्याम्प नहटाएसम्म सार्वभौमसत्ता नरहने टिप्पणी गरे ।
काठमाडौंको चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाह सञ्चालनमा आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार एक कार्यक्रमबीच सुख्खा बन्दरगाहको उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न राजनीतिक दलहरुलाई निर्देशन दिएको छ । मंगलबार राजनीतिक दलका प्रतिनिधिलाई आयोगमै बोलाएर स्थानीय निर्वाचन २०७९ का बेलामा राजनीतिक दलहरूले गर्न नहुने कामका बारेमा ६० बुँदे निर्देशन दिएको हो ।
आगामी स्थानीय तहको निर्वाचन अगाडि कम्युनिष्ट पार्टीहरुबीच एकताको चर्चा चुलिएको छ । चुनावी गठबन्धन र बाम एकताबारे चर्चा चुलिए पनि त्यसले सार्थकता पाउने संकेत न्यून छ । चैत्र दोस्रो साता चिनियाँ परराष्ट्रमन्त्री एवं राज्य परिषद्का सदस्य वाङको नेपाल भ्रमणकै क्रममा पनि बाम एकताको चर्चा थियो । तर त्यसका बारेमा संघन बहस भने भएको छैन ।
त्रिदेशीय अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेट श्रृंखलाको उपाधि नेपालले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पाहुना टोली पपुवा न्यूगिनी (पिएनजी)लाई ५१ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भारत भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किएका छन् । उनी तीन दिने औपचारिक भ्रमणका लागि शुक्रबार भारत गएका थिए । प्रधानमन्त्री देउवा आइतबार साँझ मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
नेपाली चलचित्र र त्यसमा आबद्ध कलाकारहरुका बारेमा मिडियामा सतही मात्र जानकारी आउँछ । नेपाली चलचित्र उद्योग र यसको इतिहासका बारेमा गहन खोज भएको पाइँदैन । चलचित्रको अन्तरबस्तु, यसका पात्र र प्रबृत्ति, कलाकारको नालीबेली, विश्वमा छरिएका नेपालीभाषी कलाकारको अवस्था र सम्बन्धका बारेमा अहिलेसम्म गहन खोज, अनुसन्धान र तथ्यहरु भेटाउन मुस्किल छ ।