रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपाली चलचित्र र त्यसमा आबद्ध कलाकारहरुका बारेमा मिडियामा सतही मात्र जानकारी आउँछ । नेपाली चलचित्र उद्योग र यसको इतिहासका बारेमा गहन खोज भएको पाइँदैन । चलचित्रको अन्तरबस्तु, यसका पात्र र प्रबृत्ति, कलाकारको नालीबेली, विश्वमा छरिएका नेपालीभाषी कलाकारको अवस्था र सम्बन्धका बारेमा अहिलेसम्म गहन खोज, अनुसन्धान र तथ्यहरु भेटाउन मुस्किल छ ।
आगामी स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरुबीच तालमेल गरेर अघि बढ्ने विषयमा नेपाली कांग्रेसका नेताहरुबीच एकमत छैन । यसैबीच कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिलेको गठबन्धनले मूर्तरूप लिन नसक्ने प्रतिक्रिया दिएका छन् । विचार नै नमिल्ने पार्टीहरूबीच गठबन्धन भएकोले नतिजा सोचेजस्तो नआउने उनको भनाइ छ ।
प्रधानमन्त्री शेर बहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चार सम्झौतामा हस्ताक्षर गरेका छन् । भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री देउवा र मोदीबीच नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेटोलियम पदार्थ आपूर्ति, नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनबीच प्रविधिक विज्ञता आदान–प्रदानबारे सम्झौता भएको हो ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको विषयमा प्रश्न उठाएका छन् । चुनावको मुखमा भारत भ्रमण जानुको केही अर्थ रहने भन्दै उनले नेपाल फर्किएपछि सोध्ने बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा छन् । भारतमा उनलाई भव्य स्वागत पनि गरिएको छ । तीन दिनको भ्रमणका लागि शुक्रबार भारत गएका देउवा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को मुख्यालय पुगे ।
पत्रकारिताको विकासक्रमा म धेरै आशावादी छैन । किनभने हामीमा प्राविधिक विकास भएको छ । अन्तरिक्षबाट भ्रमण गरेर समाचारहरु आइरहेका छन् । मेरो पालामा फ्याक्स चलायन मुस्किल पर्दथ्यो । अहिले केही गर्नुपर्दैन हातमा एउटा मोबाइल भयो भने पुग्छ । आइफोन भयो भने डकुमेन्ट्री, टीकटक, टेलिभिजन कार्यक्रम बनिहाल्छन ।
हिमालपारीको जिल्ला मुस्ताङ पुग्ने प्रायः मानिसहरु मुक्तिनाथ, जोमसोम र कागवेनीको फन्को लाएर फर्किन्छन् । यहींको प्रकृति र रहनसहनमा रमाएर यात्रालाई स्मरणीय बनाउँछन् । तर त्यहाँ भन्दा लगभग ९० किलोमिटर माथि लोमान्थाङ उक्लिनेहरुको अनुभूति अझ बढी रोमान्चक बनाउने गरेका छन् । जोमसोम, कागवेनी, लोमान्थाङका खुल्ला र पठार क्षेत्र घुमफिर गर्नेका रोजाइमा पर्छन ।"
नेपालको अवस्था श्रीलंकाजस्तो स्थितिमा नरहे पनि आउन सक्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्केत गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालको वार्षिकोत्सवमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।