रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापनाको दुई दशक यता नेतृत्व चयनमा नाटकीय सहमति बनेको छ । अध्यक्षमा मात्र एकै पटक तीन जना चयन भएका छन् । संघको १० औ विश्वसम्मेलन तथा महाधिवेशनले कुल आचार्य, रविना थापा र डा.बद्री केसीको अध्यक्षतामा सर्वसम्मतले नयाँ कार्यसमिति चयन गरेको हो ।
सरकारले निर्वाचन प्रभावित पार्ने निर्णय गरिरहेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ति जनाएको छ । साथै मतपत्रमा निर्वाचन चिन्हको रंग हरियो बनाउने र मनोनयन दर्ताका लागि दुई दिन दिने निर्णय सच्याउन पनि माग गरेको छ ।
रिपोर्टर्स क्लब नेपालले कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कार बरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गर्ने भएको छ ।क्लबले यही चैत्र १७ गते आफ्नो स्थापनाको २४औं वार्षिकोत्सवको अवसरमा उक्त पुरस्कारबाट बरिष्ठ पत्रकार नेपाललाई सम्मान गर्न लागेको हो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचन माओवादीका लागि उपलब्धि जोगाउने लडाइँ भएको बताएका छन् ।
पाल र चीनबीच ९ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल र चीनको विदेशमन्त्री स्तरीय बैठकपछि दुई देशका अधिकारीले समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
राष्ट्रपति विद्या देवी भण्डारीले संसारभरि फैलिएका गैर आवासीय नेपालीहरुलाई आफुसंग रहेको सीप, अनुभव र पूँजी समृद्ध नेपाल निर्माणमा उपयोग गर्न आह्वान गरेकी छिन्।
भारतका चर्चित अभिनेता सलमान खान आगामी जेठ १४ गते नेपाल आउँदैछन् । ओडीसी इन्टरटेनमेन्टको व्यवस्थापनमा ‘दबंग टुर’ मार्फत उनी नेपाल आउन लागेका हुन् ।""
सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको संस्थापन इतरपक्षले सभापतिले चाहँदैमा स्थानीय चुनावमा गठबन्धन हुन नसक्ने निष्कर्ष निकालेको छ । बुधबार काठमाडौंमा बसेको शेखर कोइराला समूहको बैठकले सभापति शेरबहादुर देउवाले चाहेरमात्रै स्थानीय चुनावमा अन्य दलसँग गठबन्धन नहुने निष्कर्ष निकालेको छ ।"