रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले राप्रपालाई ‘भजन मण्डली’ बनाउने निर्मल निवासको योजना सफल हुन नदिने बताएका छन् । मंगलबार अपरान्ह एक विज्ञप्ति जारी गर्दै राजसंस्थाका वारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका वारेमा पार्टी भित्र बहस पनि शुरु गर्ने बताए ।
नेपाली कांग्रेसको आसन्न १४औं केन्द्रीय महाधिवेशनको अन्तिम तयारीमा पुगेको छ । यही मंसिर २४ देखि २७ गतेसम्म आयोजना हुने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकबर्ष भित्र एमालेको सरकार बन्ने दाबी गरेका छन् । मुलुकको विकास र समृद्धिको अभियानलाई निरन्तरता दिन एमालेलाई आगामी निर्वाचनमा विजयी गराउन आब्हान समेत गरे ।
नेपालमा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको छ । दक्षिण अफ्रिकाबाट नेपाल आएका एक विदेशी व्यक्ति र उनीसँगको सम्पर्कमा आएका व्यक्तिमा नयाँ भेरियन्ट रहेको पुष्टि भएको छ ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले फेरि कांग्रेसको सभापति बन्ने इच्छा व्यक्त गरेका छन् । सोमबार बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले आफ्नो इच्छा व्यक्त गरेका हुन् । सभापतिले देउवाले १४ औं महाधिवेशनमा पनि आफैँ सभापति लड्न लागेको जानकारी दिँदै सहयोग गर्न सञ्चारकर्मीलाई आग्रहसमेत गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार विहान सकिएको मत गणना अनुसार लिङ्देनले आफ्ना प्रतिस्पर्धी कमल थापालाई पराजित गरेका हुन् ।
नेपालमा अब कोरोना विरुद्धको खोप अभाव नहुने देखिएकोछ । सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने गरी तयारी गरेको छ । यससम्बन्धी तयारी पूरा गरेको सरकारले जनाएको छ । यसका लागि आवश्यक खोप, खोपकेन्द्र र जनशक्तिको व्यवस्था गरिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेको महाधिवेशन प्रतिक्रान्तिलाई बलियो बनाउन आयोजना गरिएको भए पनि त्यो प्रयास असफल भएको बताएका छन् । शनिबार चितवनमा आयोजित प्रेस सेन्टर नेपालको चौथो महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले एमालेको १०औं राष्ट्रिय महाधिवेशनलाई पञ्चर्यालीसँग पनि तुलना गरे ।