रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य गरेसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथिको महाभियोग के हुन्छ भन्ने चासो देखिएको छ ।
अर्थ मन्त्रालयले आगामी आर्थिक बर्ष ०७९/८० को बजेट निर्माणको गृहकार्य अघि बढाएको छ । मन्त्रालयले कृषिसँग सम्बन्धित सरोकारवालाहरुसँग अन्तरक्रिया गर्दै बजेट निर्माणको गृहकार्य अघि बढाएको हो ।
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अघि बढाउनेहरुले नै अहिले विरोध गरिरहेको भन्दै आपत्ति जनाएका छन् । एमसीसी नेपालको अहितमा रहेको बताउँदै आएका पूर्वमन्त्री एवं एमाले नेता भीम रावलप्रति देउवाले आक्रोश व्यक्त गरेका हुन ।
नेपालका लागि होण्डा मोटरसाइकल तथा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले यहि फागुन २२ गतेदेखि चैत्र १७ गतेसम्म काठमाडौं उपत्यकाको विभिन्न ठाउँहरुमा बाइक तथा स्कुटरहरुको एक्स्चेन्ज क्याम्प आयोजना गर्ने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताएका छन् । उनले केही वस्तुको आयातमा मार्जिन राख्नु परेपनि स्थिति सामान्य हुनासाथ भन्सार प्रणालीले नियमित काम गर्ने पनि बताए । अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न वस्तु आयातमा सीमा निर्धारणको व्यवस्था गरिएको दावी गरे ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले माधव नेपालसहित १४ सांसदविरुद्ध दायर गरेको रिटलाई सर्वोच्च अदालतले पूर्ण सुनुवाइका लागि पठाउन आदेश गरेको छ ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) विभाजनको दिशामा अघि बढेको छ । प्रमुख संरक्षक शेष घलेले संघको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन गरेसँगै संस्था फुटको अवस्थामा पुगेको हो । गैर आवासीय नेपाली संघको विधान २००३ (२०२१ संशोधन सहित)को धारा १६.१.४ अनुसार उनले निर्वाचन समिति पुनर्गठन गर्नुका साथै महाधिवेशन आयोजक समिति पनि गठन गरेका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान बाहिर गएर प्रगतिशील सरकारलाई सर्वोच्च अदालतले ढाल्ने काम गरेको आरोप लगाएका छन् । सर्वोच्च कसैले नपत्याउने गरि गोरु ब्याएको टिप्पणी पनि उनले गरे ।