रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेकपा एमालेको जारी बन्दसत्रले विभिन्न १७ बुँदे प्रस्ताव पारित गरेको छ । पार्टीको बन्दसत्रमा नवनिर्वाचित उपमहासचिव प्रदीप ज्ञवालीले नवौँ महाधिवेशन पछिको पार्टी प्रवक्ताको हैसियतले पेश गरेको सो प्रस्तावलाई बन्दसत्रले ध्वनी मतले पारित गरेको हो । ज्ञवालीले घोषणापत्र समितिका तर्फबाट तयार भएको घोषणापत्र वाचन गरेर सुनाएका थिए ।
दक्षिण अफ्रिकाबाट फैलिएको कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्टले विश्वलाई आतंकित बनाउन थालेको छ । कोरोनाभाइरसको नयाँ प्रकार ओमिक्रोन भेरिअन्ट फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै नेपाल सरकारले दक्षिण अफ्रिका क्षेत्रबाट आउने हवाई यात्रुलाई अनिवार्य क्वारन्टीनमा राख्ने निर्णय गरेको छ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिदै गर्दा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसमा सुधार ल्याउन १० वटा सूत्र अघि सारेका छन् । पार्टी लोकतन्त्रमा चुनौती पैदा भएको भन्दै पौडेलले रूपान्तरणका लागि १० सूत्र अघि सारेका छन् ।
गैर आवासीय नेपाली संघ (एनआरएनए)को इतिहासमै पहिलो पटक संघले सरकार विरुद्ध मुद्दा दायर गरेको छ। संघका कामचलाउ अध्यक्ष कुमार पन्तको निर्देशनमा परराष्ट्र मन्त्रालयको पछिल्लो निर्णय विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ। उक्त कार्यको संघका संस्थापक समेत पदाधिकारी र अभियन्ताहरुले कडा विरोध गरेका छन्।""
एमालेको दशौं महाधिवेशनमा नेताहरुले दलहरूबीच सद्भाव, छलफल र संविधान मार्फत हरेक समस्याको समाधान निकाल्न सकिने विषयमा एकै स्वर गरेकाछन् । सहभागी विभिन्न दलका शीर्ष नेताहरूले लोकतान्त्रिक शक्तिहरू एक हुनुपर्नेमा पनि आवाज उठेको छ ।
नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार विमलेन्द्र निधिले आफ्नो प्रतिबद्धता र योजना सार्वजनिक गरेका छन् । विहीबार एक समारोहबीच ‘वैचारिक रुपमा स्पष्ट कांग्रेस, गतिशील कांग्रेस, जनतासँग जोडिने कांग्रेस । संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र सार्थक पार्ने कांग्रेस’ नारासहित आफ्नो प्रतिवद्धता र योजनाहरु सार्वजनिक गरेका हुन् ।
गैर आवासीय नेपाली संघ(एनआरएनए)को संरक्षक परिषदलाई संघको दशौं महाधिवेशन गर्न जिम्मा दिने परराष्ट्र मन्त्रालयको निर्णयलाई संघका केही सल्लाहकारहरु र पदाधिकारीलेले स्वागत गरेका छन्।
नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको अन्तिम तयारी गरिएको छ । महाधिवेशनको उद्घाटन शुक्रबार नारायणी नदी किनारमा हुँदैछ । उद्घाटनका दिन ५ लाख कार्यकर्ता चितवन उतार्ने एमालेको दाबी छ ।