रूपान्तरण एक डिजिटल पत्रिका हो जसले नेपाली समाज, राजनीति, संस्कृति, अर्थव्यवस्था र अन्य गतिविधिहरूमा केन्द्रित छ । संघीय लोकतान्त्रिक नेपाल स्थापना गर्न सहयोग गर्नु हाम्रो लक्ष्य हो। स्वतन्त्रता हाम्रो आदर्श हो ।
नेपालका पाँच पूर्व प्रधानमन्त्रीहरुले काम चलाउ स्थितिमा रहेको सरकारबाट देश र जनतालाई असर पार्ने गरी दीर्घकालीन प्रकृतिका काम नगर्न र नगराउन चेतावनी दिएका छन् ।"
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त भएका छन् । संविधानको धारा १६८ को उपधारा (५) बमोजिम उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
बाख्रा पालनका लागि किसानलाई वितरण गर्ने भनि ल्याएका बाख्रा किसानहरुले नै लिन अस्विकार गरेका छन् । वितरणको लागि ल्याएका बाख्रा मापदण्ड विपरितका भएपछि जिल्लाको मुसिकोट नगरपालिकाले फिर्ता गरिदिएको छ ।
गृह मन्त्रालयले कोरोना (कोभिड–१९) का कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आवश्यक जनशक्तिको लेखाजोखा गरेर सोही अनुरूप शैक्षिक नीति नियम बनाउन सम्बद्ध निकायहरुलाई निर्देशन दिएका छन् ।"
कर्तव्य ज्यान मुद्दाको आरोपमा फरार रहेका रुकुम पूर्वका एक युवाले गाउँमा आफ्नै घरछेउबाट सडक लिनुपर्ने भन्दै धम्की दिएर सडक निर्माण कार्य लामो समयसम्म अबरुद्ध गरेका छन् ।
सर्वोच्च अदालतले नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न नगराउन सरकारलाई आदेश दिएको छ । विहीबार अदालतले नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा जेठ ९ मा राष्ट्रपतिबाट जारी गरिएको नेपाल नागरिकता अध्यादेश प्रस्तुत रिट निवेदनको अन्तिम किनारा नलागेसम्म कार्यान्वयन नगर्नु नगराउन यथास्थितिमा राख्नु भनि अन्तरिम आदेश जारी गरेको हो""
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् अब २५ सदस्यीय बनेको छ । प्रधानमन्त्री ओलीले बिहीबार राज्यमन्त्रीसहित २५ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन् । जसमा रक्षा मन्त्रालय भने ओली आफैंले राखेका छन् ।